आनन्द पटेल
वीरगञ्ज : बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा आज देखि बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथी परवानीपुर गाउँपालिका प्रत्यासी तथा जसपा नेपाल पार्टी क्षेत्र नं ४ बाराका क्षेत्रीय इन्चार्ज क्रीकेट प्रेमी सञ्जु साहले रिबन काटेर गर्नु भएको थियो । साथै प्रमुख अतिथि साहले प्रतियोगिताको सफलताको लागि शुभकामना दिनु भएको थियो ।
वहाँले यस प्रतियोगिताले आउने दिनमा बहुअरी टोलका खेलाडीहरूको मनोबल बढने र भविष्यमा खेलाडीहरू राष्ट्रिय तहसम्म गएर खेल्ने अवसर प्रदान हुनेमा विश्वास व्यक्त गरे । उनले युवाहरुको खेलको विकाशको लागि, उनीहरूको स्तर उन्नतिको लागि आफू सदैव तैयार रहेको प्रतिबद्धता जनाए । सो प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । टिमका मालिकहरूमा सञ्जु साह, सागर पटेल, धीरज सिंह, प्रमोद यादव, ललन पटेल, विकास पटेल रहेका छन । यसका साथै आज पहिलो दिनमा दुईवटा खेलहरु सम्पन्न भएको छ ।
पहिलो खेलमा बहुअरी रियल टाईगरले बहुअरी फ्युचर टिमलाई ३ विकेटले हराएर प्रतियोगिताको सुरुवात गरेको छ । यस्तै अर्को खेलमा बहुअरी सुपर किंग्सले बहुअरी हिरोलाई ७६ रनले पराजीत गरेर जीत हासिल गरेको छ । सो कार्यक्रम बहुअरी क्रिकेट कमिटीका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै उनले प्रतियोगितामा सहयोग गर्ने सबै खेलाडी, टीम मालिक, स्थानीय बासी लगायतलाई धन्यवाद दिएका थिए ।
आज देखि शुरु भएको सो प्रतियोगिता सात दिनसम्म चल्ने आयोजक कमिटीका सदस्य साजन पटेलले जानकारी दिए । कमिटीका सदस्यहरुमा विनय पटेल, विशाल पटेल, अक्षय पटेल, राहुल पटेल लगायत रहेका छन । कार्यक्रममा स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, सचिव त्रिलोक प्रताप सिंह, कोष अध्यक्ष मुर्तुजा आलम, सदस्य प्रध्यापक सरोज यादव, कमिटीका सलाहकार हरिओम पटेल, सञ्चारकर्मी राधेश्याम पटेल, कुणाल पटेल, आरोहण साह, राकेश साह लगायत क्रिकेट प्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आनन्द पटेलले गरेका थिए ।