वीरगञ्ज : यातायात ब्यवस्था कार्यालय कलैया बाराबाट वितरण हुने लाइसेन्समा चरम आर्थिक अनियमितता हुने गरेको पाईएको छ । सवारी अनुमतिपत्र बितरणमा नारायणी यातायात र ट्राफिक प्रहरीको सेटिङ हुने गरेको छ । यातायात ब्यवस्था कार्यालय कलैयाका कर्मचारी र ट्राफिक प्रहरीको सेटिङमा लिखित र ट्रायलमा फेल हुनेहरुले पनि घुस दिएपछि लाइसेन्स पाउने गरेका छन् ।
कार्यालय प्रमुख महम्मद नवाज हुसैनको निर्देशनमा लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षामा रकम उठाएर पास गराउने काम भइरहेको स्रोतले बताएको छ । एक कर्मचारी अनुसार लिखित परिक्षा हुने दिन प्रमुख हुसैनले नै सबै कर्मचारीलाई परिक्षमा सहभागी भएका मध्यका नाम लिस्ट दिएर पास गराउने निर्देशन दिएको बताए । लाइसेन्सको फाराम दर्तादेखि लिखित र प्रयोगात्मक परिक्षासम्म हुँदा सेवाग्राहीहरुले निकै मोटो रकम खर्च गर्नु पर्ने बाध्यता रहेको छ ।
प्रमुख हुसैनको निर्देशनमा लिखित परिक्षा हुनुभन्दा अगाडि बिचौलियाहरुमर्फत सेवाग्राहीहरुलाई २५ वटा प्रश्नमा ८ देखि १० वटामा मात्रै चिन्ह लगाएर आउन भनिएको स्रोतले बताएको छ । पैसा दिइएको खण्डमा मात्रै लिखित परिक्षा उतिर्ण हुने अन्यथा अनुत्तीर्ण हुने गरेको भुक्तभोगीहरुले बताउने गरेका छन् ।
ट्राफिक प्रहरी र लिखित परिक्षा प्रमुखको विशेष सक्रियतामा पैसा दिइएको व्यक्तिहरुलाई २५ वटा प्रश्नमा ८ देखि १० वटामा मात्रै चिन्ह लगाएर आउन भनेर जानकारी गराइन्छ ।
स्रोतका अनुसार रकम लिएर कर्मचारीहरुले खालि रहेको प्रश्नको कोठामा ठिक चिन्ह लगाएर लिखित परिक्षा उतिर्ण गराईन्छ । बैशाख २० गते लिएको लिखित परिक्षामा एक परीक्षार्थीले २५ वटा प्रश्नमध्य ७ वटामा मात्रै चिन्ह लगाएर आएका थिए । यातायात ब्यवस्था कार्यालय कलैया बाराले प्रकाशन गरेको नाम लिस्टमा उनी पास भएको प्रमाण च्वाइस खबरलाई प्राप्त भएको छ ।
यता ट्रायल परिक्षामा सहभागीता गराईदा पनि रकम बुझाउने व्यक्ति उतिर्ण हुने र नबुझाउने व्यक्तिले पुनः रिट्रायलको फाराम भर्न लगाउने गरिन्छ । सो रकम असुली कार्यमा प्रमुखको मिलेमतो र विशेष भुमिका रहेको पाइएको छ । लाइसेन्समा यातायातसँग कोटा मागेर लिखित र ट्रायलमा फेल भएकाहरुबाट घुस लिएर दिने कामको मुख्य सेटिङ प्रमुखले नै मिलाउने गरेका छन् । लाइसेन्सका बिचौलिया ड्राइभिङ इन्ष्टिच्यूटहरुसँग पनि उनको कनेक्सन छ ।
प्रमुख हुसैनले फेल भएको मान्छेलाई पास गराउन सेटिङ मिलाउने काम गर्छ । फागुन ५ गते देखि सुरु भएको लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षामा ३ हजार भन्दा बढी परीषार्थीहरु सहभागी भएकोमा २ हजार जनाले लिखित र प्रयोगात्मक परिक्षामा पसा गराइएको सुच्ना प्राप्त भएको छ ।
यातायात ब्यवस्था कार्यालय कलैया बारा प्रमुख महम्मद नवाज हुसैनले लिखित र प्रयोगात्मक परिक्षामा अनियमितता नभएको दाबी गर्छ । लिखित परिक्षामा सहभागीले २५ वटा प्रश्नमध्य धेरै कोठामा सहि उत्तर मलाएर पसा भएको प्रमुख हुसैनले च्वाइस खबरलाई बताए । महम्मद नवाज हुसैनको यातायात ब्यवस्था कार्यालय कलैया बारामा मंसिर १८ गते सरुवा भएको थियो ।