२७ वैशाख,काठमाडौं। समय अवधि नपुगी प्रहरी प्रधानकार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार राती ५ सय १९ जना इन्सपेक्टरहरूको सरुवा गरेका हुन्।
यता जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ३ जनासहित कुल ६ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाकी मनिषा लौडारीको नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम बिकास शाखा भरतपुर, चितवन सरुवा भएको छ
। यसैगरि जिल्ला प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन शाखाका इन्स्पेक्टर दावा तेन्जी शेर्पाको प्रहरी वृत्त मालिगाँउ, काठमाण्डौँ अपराध नियन्त्रण शाखामा र जिल्ला प्रहरी कार्यालयकै सानुकान्छा रम्तेलको इलाका प्रहरी कार्यालय टोकरपुर, रामेछाप सरुवा गरिएको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाका मोहन बिक्रम केसीको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय विपद् उद्दार कार्यदल १ सामाखुसी काठमाण्डौ सरुवा भएको छ । यस्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका राम राजा केशरीको कागमती प्रदेश प्रहरी कार्यालय आन्तरिक लेखा परिक्षण शाखा हेटौँडा सरुवा गरिएको छ । यसैगरि इलाका प्रहरी कार्यालय ठोरीका सन्तोष राइको इलाका प्रहरी कार्यालय कार्यालय अनारमनी, झापा सरुवा भएको हो ।
पर्सा प्रहरीको अपराध शाखामा नितु थापा, मानव स्रोत व्यवस्थापन शाखामा बिजय चौहान र जिल्ला प्रहरी कार्यालयमा रोशन थापा आउने भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय पोखरीयामा राजन ढकाल र पटेर्वासुगौलीमा मोहनजंग बुढाथापा आउने भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीमा प्रहरी निरीक्षक रन्जित लामाको सरुवा भएको छ ।
ती मध्ये केही काजमा रहेका छन्। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने सूचनामा उल्लेख छ।
धेरैजसो इन्सपेक्टरहरूको सरुवा हुने समय पुगेको छैन। उनीहरुलाई एक वर्षको अवधि नपुग्दै सरुवा गरिएको छ।