बीरगंज : यातायात ब्यबस्था कार्यालया नारायणीको नाम सुन्ने बित्तिकै अनियमितता र ब्रम्हलुटको कमाउ धन्दाको रुपमा पभिाषित गरिने गरिएको छ । यातायातमा हालै भएको सरुवा आतंक पछि कर्मचारीहरुका बीचमा चलेको द्धन्दले अव नयाँ लाइसेन्सको आवेदन खुल्ने प्रकृया अवरुद्ध हुने भएको छ भने यस्को फाइदा सवारी शाखामा बसेर रजगज मच्चाउनेहरुलाई हृुने भएको छ । कार्यालयमा सवारी साधान नै नल्याई नामसारी, बिना बिमा नामसारी, प्राबिधिक परिक्षण बिना ध्वनी प्रदूषण मुक्त सवारी साधानको स्टिकर बितरण, अञ्चलीकरण, बिदेशमा रहेको सवारी धनीको सवारी साधन समेत बिक्रीमा बदनामी कमाएको नारायणी यातायातका माफियाहरु भने हालै सरुवा प्रकरणमा खर्चिएको रकम उठाउन ब्यस्त देखिएका छन ।
बर्षौसम्म पनि मापदण्ड बिपरित निर्बाध रुपमा चलिरहेको बस, ट्रक मालबाहक सवारी साधन नबिकरण र रोड परिमिटमा समेत दैनिक लाखौंको नजराना लिने गरेको समाचार बाहिरिएकोे छ । यातायातमा बद्री दाहाल, बबिता जयसवाल, केबिन यादब, मनोज निरौला ,सम्भू चौधरीको आतंकको कारण सेवाग्रहीहरु दिनदहाडै ठगिने गरेको समचार प्राप्त हुन आएको छ भने हालै नयाँ आएको कार्यालय प्रमुखलाई मोहोरा बनाउँदै लखनउ लुट यातायात कार्यालय बीरगंजमा मच्चाइएको छ । बद्री दाहालहरुले त हालका कार्यालय प्रमुख उमेश रेग्मीलाई कार्यालय प्रमुख बनाएर ल्याउन खर्चिएको रकम उठाउनुपर्यो भन्दै सबै फाँटमा बिचौलिया परिचालन गरेको समाचार समेत बाहिरएको छ ।
मुख्यमन्त्री, प्रदेशका यातायात मन्त्री र मुख्यमन्त्रीका मानिसलाई रकम दिनुपर्यो भन्दै कार्यालयमा असुली धन्दा शुरु भएको छ । अझ मुख्यमन्त्रीलाई बदनाम गर्दै मासिक रुपमा १० लाख दिनुपर्छ भन्दै बद्री दाहाल एण्ड कम्पनीले आतंक मच्चाइरहेको बताइन्छ । लाइसेन्सका दलालहरुबाट कार्यालय प्रमुख परिवर्तन गर्न खर्चिएको ६० लाख रुपैयाँ असुल गर्न तत्काल नयाँ सवारी साधान बितरणको लागि अबेदन खोल्न दवाव दिएका छन । करारमा रहेका कर्मचारीको म्याद थपाउने सर्तमा प्रत्येकसंग उठाइएको २-२ लाख रपैयाँ बापत अव के पाउने भन्दै अलग्गै बिद्रोह समेत शुरु भएको समाचार प्रकाशमा आएको छ ।
उता यातायात ब्यबस्था कार्यालय नारायणीमा पैसा उठाउनु पर्यो भन्दै २० जना दैनिक र करारमा कर्मचारी नियुक्तीको लागि फाइल तयारी भएको समाचार समेत बाहिरिएको छ । कार्यालय प्रमुख उमेश रेग्मी भने जसरी भएपनि आफु आउँदा भएको खर्चको पुर्ताल अबिलम्ब गरिदिने भन्दै लुटको साम्राज्य खडा गर्न आफु निकटवर्ती कर्मचारी बिचौलियाहरुलाई जिम्मेवारी दिएको कुर यातायातकै कर्मचारीहरु बताउँछन ।
रेग्मी र दाहाल दुबैलाई अनियमितता र भ्रष्टचारमा अख्यिातरले कारबाही चलाइसकेका कर्मचारी हुन भने निकै मोटो भेटी चढाएर उनीहरु पुन यातायात कार्यालयमा सरुवा भएका हुन ।
हाल मुख्यमन्त्री, प्रदेश मुख्य सचिब र यातायात मन्त्रीको नाममा रकम उठाएर दिएको अव त्यो उठाउनु् पर्यो भन्दै सबै पात्र असुली धन्दामा लागेको बताइन्छ । हाकिम परिवर्तनकोे लागि मुख्यमन्त्री, सचिब र यातायात मन्त्रीको लागि उठाइएकोे रकम समेत बिचौलियाले दम्पच पारेको भन्दै अलग्गै बिद्रोह भएको समाचार छ । सकार गरिएको बाचा सबै पुरा नभएको भन्दै थप ताकेता जनकपुरबाट शुरु भएको समाचार छ भने यो प्रकरणले फेरि अर्का नयाँ कार्यालय प्रमुख आउन सक्ने अनुमान लगाउन थालिएको छ ।