बीरगंज महानगरपालिका वडा नम्बर ९ मा १ महिने ब्युटिसियन तालिम शुरु भएको छ। सीप सिकौं रोजगार बनौं भन्ने मुल नाराका साथ महिला तथा बालबालिका विकास संस्था पर्साको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर ९ वडा कार्यालयको सहयोगमा सो तालिम शुरुआत भएको हो । तालिमको उदघाटन गदै वडा अध्यक्ष जवहार प्रसाद गुप्ताले आफ्नो वडाका महिलाहरुलाई आर्यआजर्नमा टेवा पुराउने उदेश्य रहेको बताए ।
उनले भने महिलाहरु पनि यस्ता तालिमहरुमा सहभागी भएको खण्डमा सामान्य खर्च वा सानोतिनो जोहो आफैं गर्न सकक्षम हुने भएकोले महिलाहरु केवल घरको काम मात्र नभइ अन्य क्षेत्रमा समेत उपस्थित गराएर आत्मनिर्भर बनाउन अति आवश्यक रहेको वडा अध्यक्ष गुप्ताको भनाइ रहेको छ।उनले भने अब महिलाहरु पनि घरायसी काम संगसंगै सीप मुलक कार्यक्रममा सहभागी भएर आफैं बाच्न सक्ने वातावरण बनाउन आवश्यकता रहेको वडा अध्यक्ष गुप्ताले बताएका छन् ।
तालिममा ३० जना महिलाहरुको सहभागीता रहेको छ भने तालिम अवधिभर ओम कुमारी शर्माले प्रशिक्षण दिइरहनु भएको छ। तालिममा महिलाहरुलाई बेशिकोष गराउने सो कोष भित्र थेडिङ्ग,बिलिज किलिजीङ्ग,ओएल मसाज,हेयर जोडा,बएस,हेड मसाज,हेयर मेही,सिपल मेकप,हेयर रोल गरेर १० किसिमका सिपहरु सिकाउने प्रशिक्षक ओम कुमारी शर्माले बताएकी छिन, उनले भनीन मेरो प्रयास भने कसरी धेरै भन्दा धेरै सीप सिकाउन कोशिश गर्ने र उनीहरूलाई चाडैं सक्क्षम बनाउन हरप्रयास गर्ने प्रतिबद्धता जनाएकी छिन।सो तालिममा वडा सदस्यहरु गीता कुमारी मानन्धर ,सोनी कुमारी पासवान ,नन्दकिशोर चौहान,वडा सचिव रमेश श्रेष्ठ ,कर्मचारी रेनुका अधिकारी ,सन्जु कोइराला ,सक्कु शर्मा ,राजेश पटेल ,अखिलेश कुमार शर्मा लगायतको समेत उपस्थित रहेको थियो ।