प्रत्येक वर्ष वैशाख शुक्ल नवमीको दिन सीता जयन्ती मनाउने गरिन्छ । यस दिनलाई पावन नवमी पनि भनिन्छ । वैदिक सनातन हिन्दु धर्ममा आस्था राख्ने हिन्दु धर्मावलम्बीहरूले रामायणकी मुख्य पात्र तथा हिन्दु आस्थाकी केन्द्रबिन्दु मानेर सीताको जयन्ती मनाउने गरिन्छ ।
पुष्य नक्षत्रमा जन्मिएकी सीता सनातन दर्शनको एउटा महान् नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । सीता उत्पत्तिको कथा पद्मपुराण र भविष्य पुराण ९सीता नवमी व्रत माहात्म्य० मा विस्तारले भनिएको छ ।
–सीताको अर्थ संस्कृत शब्दकोशमा हलोले जोत्दा जमिनमा परेको डोब, जोतिएको जमिन,हलोको फालीबाट जमिनमा बनेको रेखा भनिएको छ । सीताको जन्मका बारेमा वाल्मीकि रामायण, आनन्द रामायण,उद्भूत रामायण,अध्यात्म रामायण,कम्ब रामायण, ९तमिल रामायण०देवी भागवत आदि पुराणमा फरक कथाहरू भेटिन्छन् ।
– अन्य किंवदन्ती र प्रक्षेप रामायण र देवी भागवत पुराण अनुसार विश्वकर्मा की छोरी मन्दोदरीसँग विवाह हुँदा रावणले पहिलो सन्तानका कारण वंश नाश हुन्छ भन्ने सुनेकाले जन्मिनासाथ कन्यालाई टाढा जनकपुरमा लगेर गाडेको थियो ।
– उद्भूत रामायण अनुसार रावणले ऋषिहरूबाट करको रूपमा रगत असुल गर्दथ्यो । एक ऋषिले सधैँ कुशको टुप्पाबाट निस्किएको दूध घैँटामा जम्मा गर्दथे । रावणले त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो । मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइन् र गर्भ रहन गयो । यस गर्भलाई उनले जमिन मुनि गाडिदिएकी थिइन् । राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन् ।
– आनन्द रामायणको कथामा मिथिला भूमिमा एक ब्राह्मणले बाकसमा कन्या भेट्टाए र राजा जनकलाई दिए । मिथिलामा बाकस गाड्ने रावणले गरेका थिए । गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन ‘म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु ।’
– कम्ब रामायणका अनुसार शीरध्वज ९जनक० का भाइ कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् । यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन् ।
– तुलसीदास ले राम चरित्र मानसमा सीता पृथ्वीबाट उत्पन्न भएको देखाउनु भएको छ । राजा जनकले सीतालाई स्थान स्थानमा ‘ममात्मजा’ मेरी पुत्री भन्नुभएको छ । सीताजीले उर्मिला ९लक्ष्मणकी पत्नी० लाई अनुजा भन्नुभएको छ । अनुजाको अर्थ हो –‘पश्चाज्जायत इति’ जो पछाडि उत्पन्न भएको ।
त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
सुख सयलमा हुर्केकी सीता पतीसँग वनवास अनि कठोर बसाइँ हुँदै लङ्कामा रावणको अधीनमा समेत बस्नुपर्ने हुन्छ । सीताको जीवनमा एउटा उदाहरणीय उतार चढाव पाइन्छ, उनका हरेक कुरा अनि निर्णयले मानवताजीलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।
सीताको चित्रणमा कान्ति अनि सशक्तता दुवै पाइन्छ । स्वामी विकेका नन्दले त प्रस्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरि भएका या हुनसक्ने सम्भावना होला तर सीता केवल एक मात्र छिन् र हुनेछिन् । सीतालाई रामभन्दा पहिले नाम लिइन्छ तसर्थ राम सीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौँ । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभित छ ,झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरू प्रत्यक्ष देख्न पाइन्छ ।
अविचलित सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरू तपाई हाम्रा घरघरमा अझै सुनिन्छन् र सुनाइन्छन् । सीता नारी मात्र होइनन् ,भक्ति हो, शक्ति हो अनि एउटा उदाहरण हो नारीहरूको असीमित धैर्यता,सहनशीलता र उदारताको । धर्म र साधनाकी देवी सीताको ममताशीलमा विश्व सदैव रंगीरहेको छ ।