वीरगञ्ज : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ तथा अल्पाइन स्कुल र नेपाल ब्युटिसियन संघ नगर कमिटी पर्साको संयुक्त आयोजना तथा माट्रिका आइ फाउन्डेसनको सहयोगमा अल्पाइन स्कुलमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सरार्फको अध्यक्षता तथा नेपाल प्रहरीका पुर्व एसएलसी सदान्द कुर्मीको प्रमुख आतिथ्यमा सो निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।स्कुलमा अध्यानरत नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरु तथा शिक्षक शिक्षिका लगायतको आँखा चेकजाँच गरिएको थियो ।शिविरमा माट्रिका आइ फाउन्डेसनका नेत्र सहायक प्रगति कर्ण र मनसा पटेल चेकजाँच गरेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिनुभएको छ।
शिविरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्म जंङ थिङ्ग,,सामुदायिक सेवा केन्द्रका सल्लाहकार डाक्टर पुरुतम पण्डित ,वरिष्ठ उपाध्यक्ष जयालाल साह,नेपाल ब्युटिसियन संघ पर्साका अध्यक्ष मन्दिरा राउत ,नगर अध्यक्ष राधा शर्मा ,उपाध्यक्ष ममता गुप्ता ,सचिव मधु सिंह ,कोषाध्यक्ष विना दाहाल ,सहसचिव सम्झना बुढाथोकी ,सदस्यहरु साबरा खातुन ,सरिता सरार्फ,अनिता साह,जुली श्रेष्ठ ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष अजित भुजेल ,कोषाध्यक्ष सन्तोष रन्जितकार,तथा अभिभावकहरुको उपस्थित रहेको थियो । शिविरमा अधिवक्ता अमय दास थारू तथा अन्य ब्यक्तिहरुलाई मायाको चिनोले सम्मानित गरिएको थियो ।