७ जेठ, वीरगञ्ज । हाल मधेश, कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा बिहानैदेखि मेघगर्जन-चट्याङ्ग-हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थान साथै लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।