माघ ४ वीरगन्ज
शैक्षिक शहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान वीरगन्ज पर्साले स्व.मुकुन्द प्र खनालको स्मृति दिवस माघ ४ गते बिहिबार ठाकुरराममा एक बिशेश कार्यक्रम गरि मनाएको छ । प्रतिष्ठानका अध्यक्ष मुना कुमारी खनालको अध्यक्षता एवं ठाकुरराम क्याम्पसका दाता परिवारका सन्जय कुमार र शशिभुषन कलवारको प्रमुख आतिथ्यमा नवनिर्मित भवनको समुदघाटन एवं हस्तान्तरण तथा क्याम्पसका अवकास प्राप्त प्राध्यापकहरुलाइ सम्मान गरेको हो ।दाता परिवारका सन्जय कुमार र कलवारले स्व. खनालको तस्वीरमा फुलमाला चढाउनु को साथै पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको शुभारम्भ पश्चात् अवकास प्राप्त प्राध्यापकहरु लाई दोसल्ल ओढाएर सम्मान गरियको थियो। क्याम्पस परिसरमा नवनिर्मित भवनको पनि सन्जय कुमार र अध्यक्ष मुना खनालले सन्युक्त रुपमा रिबन काटी समुदघाटन ग्रनु भयो। अध्यक्ष खनालले प्राध्यापक संघका सभापती डा प्रमोद कुश्वाहालाइ चाबी प्रदान गरि नवनिर्मित दोश्रो तल्ला भवन प्राध्यापक संघ लाइहस्तान्तरण गर्नु भएको हो । सो कार्यक्रममा प्रमुख अतिथी संजय कुमारले बाउ बाजेले गर्नु भएको सेवा सहयोगले वीरगन्जको शिक्षा सामाजिक क्षेत्रमा निकै ठूलो सकारात्मक परिवर्तन भएको देख्दा र मानिसहरुले आफुहरुको परिवारको सम्मान गर्दा आफुहरुलाइ निकै खुशी एवं गर्व लाग्ने गर्दछ र आउने दिनहरुमा पनि आफुहरु सामाजिक क्षेत्रमा मा सेवा सहयोग गरिरहने बताउदै प्रतिष्ठानले गरेको कार्यको मुक्तकण्ठले प्रसंशा गर्नु भयो । कार्यक्रममा ठाकुरराम क्याम्पसका प्राध्यापक संघका सभापति डा. प्रमोद कुमार कुश्वाहा-क्याम्पस प्रमुख रन्जित यादव- प्रतिष्ठानका संस्थापक सल्लाहकार प्रकाश उपाध्याय , अतिथिहरु वीरगन्ज महानगर वडा ४ का वडाअध्यक्ष जगत साह कानु,वरिष्ठ दन्त चिकित्सक डा. मनोज कुमार उपाध्याय, निमित्त क्याम्पस प्रमुख अनिल कुमार रमण ,प्राध्यापक संघका सदस्यहरु संजय श्रेष्ठ ,लक्ष्मी कर्ण र पन्नालाल कुश्वाहा ,प्राध्यापक संघका पुर्व सभापतिहरु शत्रुघ्न यादव-डा. हरेराम ठाकुर, सहायक क्याम्पस प्रमुखहरु मोहन यादव,बिनोद साह र दिनेश साह,,कर्मचारी संघका अध्यक्ष किशोरी चौधरी ,बिद्यार्थी कल्याण प्रमुख राम बिनय यादव , प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष वातावरण अभियन्ता सरदार जसपाल सिंह ,प्रकाश थारु फाउन्डेसनका संस्थापक सामाजिक अभियन्ता प्रकाश थारु, बार एसोसिएसन पर्साका अध्यक्ष कमल मोहन पोखरेल ,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका,ज्ञानदा स्कुलका प्रीन्सिपल राजेन्द्र कोइराला ,उपभोक्ता हित संरक्षण मन्चका केन्द्रिय सदस्य धिरज शर्मा ,रेडक्रस रेशमकोठिका उपशाखाका सभापति श्री नारायण यादव,सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराइ , समाजसेवी हुकुम सिंह राजपुत ,सामाजिक अभियन्ता कमल चौगाइ लगायत पत्रकारहरु, क्याम्पसका प्राध्यापक , कर्मचारी ,स्व. खनालका परिवारका सदस्यहरु माइलो ज्वाइँ वरिष्ठ अधिवक्ता सुजित पोखरेल,माइलो छोरी अधिवक्ता मनु खनाल,कान्छो छोरि उच्च अदालत बिराटनगरका न्यायाधीश ममता खनाल रेग्मी , कान्छो ज्वाइँ शैलेश रेग्मी,फुपुको छोरा पदम प्रसाद सुवेदी ,साथी मनु अधिकारी को साथै प्रतिष्ठानका कोषाध्यक्ष बिना खतिवडा,सदस्यहरु संजय कुमार चतुर्वेदी,नुर होदा मन्सुरी, ओसन गुप्ता, नवराज भट्टराई ,अजित भुजेल, सुर्यनारायण विक मन्सुर होदा लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा अध्यक्ष खनालले स्व. बुवाको कर्मथलो रहेको क्याम्पसमा उहाँ प्राध्यापक संघको सभापति रहदा आफ्नो तलबको रकमले प्राध्यापक संघ भवनको शिलान्यास गर्नु भएकोमा बुवाको सेवा सहयोगी सोच भावनालाइ हामीले पूरा गर्न प्रतिष्ठानको स्थापना गरि गर्ने जमर्को गरेको र अहिले आएर उहाकै स्मृती दिवसको दिनमा उहाकै कर्मथलो ठाकुरराम क्याम्पसमा प्राध्यापक संघको लागि सहयोग साथै स्व. खनालका सहकर्मी प्राध्यापकहरुलाइ सम्मान गर्न पाउँदा आउलाइ नोकै खुशी एवं गर्व लागेको बताउदै आउने दिनहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा आफुहरुले सेवा सहयोग प्रदान गर्ने बताउदै सहभागी सम्पुर्णलाई धन्यवाद प्रकट गर्नु भयो । सो अवसरमा पर्सा बारका अध्यक्ष कमल मोहन पोखरेल नेपाल पत्रकारसंघ का उपाध्यक्ष युवराज खडका,डा. दिपक शाक्य ,डा. हरेराम ठाकुर,मनु अधिकारी ,पदम प्रसाद सुवेदी,प्रकाश उपाध्याय,रन्जित यादव,डा. प्रमोद कुमार कुश्वाहा उमा मिस्र लगायतले महोत्तरी जिल्लाको गौशालामा जन्मेका स्व. खनालको सादा जीवन उच्च विचारको सधै सहयोग गर्न तत्पर धनी मनका ब्यक्तित्व रहनु भएको बताउदै स्व . खनालको जिवनी बारे मन्तव्य दिदै श्रद्धासुमन अर्पण गर्नु भयको थियो। सस्थाकी अध्यक्ष मुना खनाल को सभा अध्यक्ष तामा भयको सो कार्यक्रममा स्वागत मन्तव्य प्राध्यापक संघका पुर्व सभापती शत्रुघन यादवले गर्नु भएको थियो भने सहजीकरण प्रतिष्ठानका सचिव लालबाबु सिंहले गरनु भयको थियो।