बीरगन्ज महानगरपालिकाको एक सरकारी विद्यालयमा प्रधानाध्यापकसहितका शिक्षकहरुले गुण्डागर्दी शैलीमा पत्रकारमाथि आक्रमण गरेको भिडिओ भाइरल बनेको छ ।
महानगरको वडा नम्बर ३१ स्थित लक्ष्मीदेवी बाबुलाल हंस बाहिनी विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियासहितका शिक्षकहरुले सामाग्री उत्पादनका लाथि तथ्य लिन पुगेका सञ्चारकर्मीमाथि आक्रमण गरेको भिडिओ भाइरल छ ।
विद्यालयमा आउँदा को संग रु अनुमति लिएर आएको प्रश्न गर्दै भारत विहारका शिक्षकहरुले देखाउँने शैलीमा प्रधानाध्यापक चौरसियासहितका शिक्षकहरुले ती सञ्चारकर्मीहरुमाथि हातपात तथा कुटपिट गरेको भिडिओ भाइरल छ ।
भाइरल भिडिओमा प्रधानाध्यापक चौरसियाले भनेका छन्, ‘को संग अनुमित लिएर आउनु भएको हो रु प्रधानाध्यापकसंग सोध्नु भएको छ रु यी प्रश्नहरु गरिरहँदाकै बखत अर्का एक शिक्षिका हातमा इट्टा लिएर दौड्दै आइरहेको देखिन्छ, त्यसपछि प्रधानाध्यापक र ती शिक्षिका मिलेर दुबै जनाले विद्यालय पुगेका ती सञ्चारकर्मीलाई कुटपिट गरेका छन् ।
बीरगन्ज चर्चा नामक ‘बुम’ लिएर पुगेका पत्रकारमाथि आक्रमण गरिएको भिडिओमा देखिन्छ । जे प्रश्न सोधेर पत्रकारमाथि आक्रमण गरिएको छ । तर प्रधानाध्यापक चौरसियाले भने आफूले पत्रकारमाथि हातपात वा कुटपिट नगरेको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘विद्यालयमा आएका ती पत्रकारसंग सुरुमा ‘आइडी कार्ड’ मागे, तर उनी दिएनन् । त्यसपछि को संग अनुमति लिएर आउनु भयो सोधे–त्यसको पनि जवाफ दिएनन् । यहीबीचमा उसले महिला शिक्षिकाबारे अभद्र कुरा गरे, त्यहीकारण ती शिक्षिका आक्रोशित बन्दै आएको देखिन्छ । तर हातपात भएको चाँहि होइन ।’
जुनसुकै सार्वजनिक ठाउँमा गएर भिडिओ लिने वा तथ्य संकलन गर्ने नेपालको संविधानले अधिकार दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पत्रकार वा तथ्य संकलन गर्ने व्यक्तिहरुलाई केही गोप्य कागजातबाहेक अन्य सार्वजनिक ठाउँमा भइरहेको निर्माण वा सार्वजनकि चासोको विषयमा खोजविन गर्न पाउने अधिकार रहेको बताए ।
कसैले त्यसमा हस्तक्षेप गरे अधिकारको हनन गरे सरह हुने पर्साका प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । यदि त्यस्तो कसैले गरेको छ भने उजुरी परेमा त्यसलाई नियमबमोजिक कारबाही हुने सिडिओ भुसालले जनाए ।
यसैगरी
संचारकर्मीलाई समाचार संकलनमा अवरोध पुरर्याइ आक्रमण गर्ने घटना प्रति नेपाल पत्रकार महासंघ पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक महत्वको बिषयबस्तुमा भएको बेथिति र अनियमिततालाई प्रकाशमा ल्याउन संचारकर्मीलाई कुनैपनि बहानामा निषेध र आक्रमण गर्ने कार्य निन्दनीय रहेको ठहर गर्दै महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बिज्ञप्ती मार्फत दोषि शिक्षक शिक्षिकालाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बन्धित पक्ष समक्ष माग गर्नुभएको छ ।
शिक्षण पेसामा लागेका चौरसीया र यादव यस अगाडी पनि विभिन्न विवादमा मुछिएको व्यक्ति हुन । उनीहरुलाई वीरगन्ज महानगरको शैक्षिक प्रशासन महाशाखा र स्थानीय प्रशासनले कडा कारवाही गर्नु पर्ने महासंघले माग गरेको छ ।
विद्यालय परिसरमा पुगेका संचारकर्मी यादवलाई कसको अनुमतिमा आएको प्रश्न गर्ने प्रधानाध्यापक चौरसीया र ईटा प्रहार गर्ने सहप्रधानाध्यापक यादवको उछृख्लताले स्वतन्त्र प्रेस माथीको ठाडो हस्तक्षेप भएको महासंघले जनाएको छ ।
समाजिक संजालमा भाईरल भिडियोमा शिक्षिका यादवले स्वंय ईटा प्रहार गरेको र प्रधानाध्यापक चौरसीयाले अवरोध गर्नुको साथै विद्यार्थीहरुलाई संचारकर्मीलाई कुट्न निर्देशन गरेको प्रष्ट संग देखिन्छ ।
तसर्थ दुबै शिक्षकमाथी कानुन अनुसारको कारवाही गरी शिक्षण पेसामा अराजकहरुलाई नियन्त्रण गर्न र प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्बन्ध सबै पक्षमा महासंघले आग्रह गरेको अध्यक्ष तिवारी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।