वीरगञ्ज । नेपाल खेलकुद महासंघको आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । खेलकुद महासंघ वडा नम्बर ५ कमिटीले वडा कार्यालयको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
वडा कमिटीका अध्यक्ष राजु साहको अध्यक्षतामा भएको कार्यक्रममा ४ जना महिलासहित २८ जनाले रक्तदान गरेका हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सुनीता राई, सुष्मा श्रेष्ठ, बिनिता श्रेष्ठ, गौरी गिरी, सोनु पटेल, अमित पटेल, विवेक रौनियार, श्याम मण्डल, सन्दिप साह लगायतले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिए ।
युवाहरु सामाजिक कार्यमा सक्रिय रहेकोप्रति वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सह्राना गरे । बढ्दै गएको रगतको मागलाई आपूर्ती गर्नका लागि यहाँका युवाको भूमिका महत्वपूर्ण रहेको प्रमुख सिंहको भनाई छ ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, नेकपा एमाले पर्साका सचिव महेश दास, खेलकुद महासंघ मधेश प्रदेशका ईन्चार्ज शिवजी गुप्ता, पर्साका अध्यक्ष मनोज साह, जिल्ला सचिव सन्दिप बस्नेत लगायतको उपस्थिती रहेको संघका वीरगञ्ज महानगर सहसचिव सोनु पटेलले जानकारी दिए ।