काठमाडौं । टी–२० विश्वकप २०२४ को काउन्टडाउन सुरु भएको छ । यो मेगा इभेन्ट वेस्ट इन्डिज र अमेरिकाको आयोजनामा जुन २ देखि हुँदैछ ।
क्रिकेटको यो छोटो फर्म्याटमा ब्याट्सम्यानले धेरै रन बनाएको देखिन्छ । यस्तो अवस्थामा टी २० विश्वकपको इतिहासमा सबैभन्दा धेरै रन बनाउने शीर्ष ५ ब्याट्सम्यानको नाम जानौं–
विराट कोहली
सूचीमा पहिलो स्थानमा भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीको नाम छ, जसले २०१२ देखि २०२२ सम्मको टी–२० विश्वकप खेल्दै आएका छन् ।
उनले कुल २७ खेल खेल्दै ११४१ रन बनाएका छन् । यस अवधिमा उनले १४ अर्धशतक बनाएका छन् । तर, उनले शतक प्रहार गर्न सकेका छैनन् । उनको उच्चतम स्कोर नटआउट ८९ छ ।
महेला जयवर्धने
सूचीमा दोस्रो स्थानमा श्रीलंकाली टोलीका पूर्व दायाँ हाते ब्याट्सम्यान महेला जयवर्धनेको नाम छ, जसले सन् २००७ देखि २०१४ सम्मको टी–२० विश्वकप खेलेका छन् ।
यस अवधिमा उनले कुल ३१ खेल खेल्दै १०१६ रन बनाए । उनको नाममा एक शतक र ६ अर्धशतक छ । उनको उच्चतम स्कोर १०० रन हो ।
क्रिस गेल
सूचीमा तेस्रो स्थानमा वेस्ट इन्डिजका स्टार अलराउन्डर क्रिस गेलको नाम छ । सन् २००७ देखि २०२१ सम्मको टी–२० विश्वकपमा खेलेका उनले ३३ खेल खेल्दै ९६५ रन बनाए।
यस अवधिमा उनले २ शतक र ७ अर्धशतक प्रहार गरेका छन् । उनको उच्चतम स्कोर ११७ रन थियो ।
रोहित शर्मा
सूचीमा चौथो स्थानमा भारतीय टोलीका कप्तान रोहित शर्माको नाम छ, जसले सन् २००७ देखि २०२२ सम्मको टी–२० विश्वकपमा ३९ खेल खेल्दै ९६३ रन बनाएका छन् ।
यस अवधिमा उनको ब्याटबाट ९ अर्धशतक बनेका थिए । उनको सर्वाधिक रन नटआउट ७९ रन छ ।
तिलकरत्ने दिलशान
श्रीलंकाली खेलाडी तिलकरत्ने दिलसानको नाम सूचीमा पाँचौं स्थानमा छ । उनले सन् २००७ देखि २०१६ सम्म ३५ खेलमा ८९७ रन बनाएका छन् ।
उनको उच्चतम स्कोर ९६ रन रहेको थियो ।