राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल मधेश प्रदेश कमिटीको दोश्रो अधिबेसन आईतबार सम्पन्न भएको छ । सिमरामा सम्पन्न अधिवेशनले ओमकुमारी शर्माको अध्यक्षतामा ७ सदसिय कार्यसमिति गठन गरेको छ । नवगठित समितीको उपाध्यक्षमा रिना चिमोरिया,सचिवमा सुषमा श्रेष्ठ, सहसचिवमा सिता कुमारी बि.क,आर्थिक सचिवमा सुमित्रा पाण्डे,सदस्यहरुमा पिंकी गुप्ता, सुमन अधिकारी रहेका छन ।
नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट) राष्ट्रिय कमिटी सदस्य तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रिय संयोजक पम्फा देवकोटा पहारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेशलन व्युटिसियन नेपाल(नाबुन) संयोजक पम्फा देबकोटा पहारीले संगठनको ईतिहांस, आबश्यकता र महत्व प्रस्ट्याउँदै नवनिर्वाचित पदधिकारी र सदस्यहरुलार्ई शपथ ग्रहण गराउनुभयो । यसैगरी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा जिफण्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाले जिफन्टको संरचना र सामाजिक सुरक्षाबारे प्रस्ट पार्नुभएको थियो । त्यस्तै केन्द्रीय सचिव सुजना जोशीले युनियनको संरचना, काम कर्तब्य र अधिकार र सिप प्रमाणीकरणको महत्व बिषयमा प्रशिक्षणमूलक मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा जिफन्ट मधेश प्रदेश सचिब मुक्ती चौधरी, मधेश प्रदेश सदस्य बिना पराजुली र सहजाद आलमले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
नाबुन मधेश प्रदेश अध्यक्ष सुमित्रा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट)का राष्ट्रिय कमिटी सदस्य तथा मधेश प्रदेश अध्यक्ष कमलेश झा, नाबुन केन्द्रिय सचिब सुजना जोशी, जिफन्ट मधेश प्रदेश सचिब मुक्ती चौधरी, मधेश प्रदेश सदस्य बिना पराजुली आजाद इन्टरप्राइजेज बिरगंज को प्रोप्राइटर सहजाद आलम र मधेश प्रदेशका सौन्दर्यकर्मीहरूको सहभागिता थियो ।
यसैगरी आईतबारनै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल जितपुरसिमरा उपमहानगर कमिटी को पनि गठन भएको छ । सिमरामा सम्पन्न अधिवेशनले सुशिला अधिकारीको अध्यक्षतामा ११ सदसिय कमिटी गठन गरिएको मधेश प्रदेशका अध्यक्ष ओमकुमारी शर्माले जानकारी दिईन । नव गठित कमिटीको उपाध्यक्षमा बिनु गिरी,सचिवमा रोजिना भेटुवाल, सहसचिवमा तुलसा श्रेष्ठ,आर्थिक सचिवमा सिता चौधरी,सदस्यहरुमा कृष्णा कुमारी पौडेल,रिना न्यौपाने,मुन्ना श्रेष्ठ,सुनिता श्रेष्ठ, मनिता न्यौपाने ,लक्ष्मी मैनाली रहेका छन ।