जगत राई
वीरगञ्ज – बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको जीवन ज्योति माध्यमिक बिधालयले आज विश्व वातावरण दिवसको अवसरमा बृक्षरोपण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
बिधालयकि प्रध्यापिका मिनाक्षी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको सो पुरस्कार वितरण कार्यक्रममा बिधालयका डाइरेक्टर शिवजी प्रसाद गुप्ताले पुरस्कार वितरण गदै विद्यार्थीहरुको उच्च मनोबल पार्ने तथा उनीहरूलाई शिक्षा प्रति कसरी उत्साहित गर्ने उदेश्यले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरूप नर्सरी देखि कक्षा १० सम्मका प्रथम विद्यार्थीहरुलाई पुरुस्कृति गरिएको बताए ।
हामीले विद्यार्थीहरुलाई अगाडि बढाउने र शिक्षा प्रति रुचि राखोस र यो पुरस्कारले अन्य विद्यार्थीहरुमा उत्साह होस् भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको डाइरेक्टर गुप्ताले पुरस्कार वितरण गर्ने क्रममा बताएका हुन ।
हाम्रो मुख्य उदेश्य भनेको शिक्षालाई गुणस्तरीय र अभिभावकहरुलाई शिक्षाको महतो बारे थाहा होस् हाम्रो यहीँ चाहाना रहेको गुप्ताले बताए ।
त्यसैगरी बिधालयका संचालक निखिल गुप्ताले सो पुरस्कार वितरण गर्ने क्रममा हरेक विद्यार्थीहरुमा यस्तै गुणस्तरीय शिक्षा होस् आफ्नो आमाबाबुको सपना पुरा गर्न सफलता पायोस भनेर बिधालयले प्रोत्साहनका लागि विद्यार्थीहरुलाई पुरस्कृत गरेको बताएका छन् ।हामी चाहान्छौ सबै विद्यार्थी पुरस्कृत होस् भनेर विद्यार्थीहरुको मनोबल बढाउने काम बिधालयले गरेको बिधालयका संचालक गुप्ताको भनाइ रहेको छ।
पुरस्कार वितरण समारोहमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,बीरगंज घन्टाघर टिभिका संचालक राधेश्याम पटेल ,शिक्षिका मन्जु सरार्फ,दिपा थापा ,रिचरहाडेन,चन्दन सिंह तथा अन्य शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
बिधालयको परिषद्मा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए। त्यसैगरी ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले आज विश्व वातावरण दिवसको अवसरमा भिसुवाडाडमा बृक्षरोपण गरि यो दिवस मनाएको हो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान,भारतीय दुतबासका प्रतिनिधि सशस्त्र प्रहरी ,नवदिप एकेडेमीका प्रिन्सिपल सुशीला साह, तथा हरिखेतान क्याम्पसका विद्यार्थी ,नवदिप एकेडेमीका विद्यार्थीहरु,जनपद प्रहरी तथा स्थानीय बासिन्दाहरु लगायतको विशेष उपस्थित रहेको थियो ।