काठमाडौं– एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।
ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विभिन्न सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका– ३, दमौलीमा रहको महर्षि चोक (एसबिआई बैंक अगाडि) नयाँ सेन्टर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ।
एनसेलका अनुसार यो नयाँ सेन्टरबाट ग्राहकहरूले सबै किसिमका सेवा लिन सक्नेछन्। नयाँ सेन्टरको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच एनसेलका चीफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले गरे।
एनसेलका अनुसार ग्राहकले नयाँ सेन्टरबाट एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङको जानकारी, विभिन्न कर्पोरेट सेवा, सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सियुजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका सेवाहरू प्राप्त गर्न सक्ने छन्। ब