भगवान कुर्मी
वीरगन्ज : पर्सा जिल्लामा एम्बुलेन्स चालकहरु मनोपरी तरीकाले कमिशनको पछाडी धाउदैं गरेको सामाचार प्राप्त भएको छ । चालकहरुले कमिकशनको लोभमा आफु मुनाफा लिएर जनतालाई सास्ती दिदैं गरेको पाईएको हो । पर्सा जिल्लाको धेरै जसो अस्पतालहरुसंग रहेको चालकहरुको सेटिङ्घका कारण जनतालाई दुख भोग्नु परेको स्रोतले जनाएको छ ।
अस्पतालहरुमा प्रत्येक बिरामी ल्याए वापत ५ सय देखी हजार सम्मको कमिशनको ब्यवस्था चालकहरुको लागी अस्पतालले गरेको स्रोतको दावी छ । अस्पतालसंग रहेको चालकहरुको सेटिङ्घका कारण कतिपय सेवाग्राहीहरु कम दरमा पाउने उपचारको लागी बढी पैसा तिर्नु परेको पिडीतहरुको गुनासो छ ।
समस्यामा परेको बेला मान्छे तनावमा हुने गर्छन, र सोही मौकाको फाईदा उठाएर एम्बुलेन्स चालकहरुले कमिशनको लोभमा सरकारी अस्पताल छोडेर महंगो दर भएको गैर सरकारी अस्पतालमा बिरामी पुर्याउने गरेका छन । एक जना पीडीतले भने मेरो दाई केही दिन पहीला मोटरसाईकल दुर्घाटनमा परेको बेला जती पनि भन्दा भन्दै बिभिन्न किसिमको कुरा गरेर हामीलाई अलमलमा पारी एम्बुलेन्स चालकले महंगो दर भएको गैर सरकारी अस्पतालमा पु¥यायो । अस्पतालले साधारण चोटपटक लागेको बिरामीलाई बिभिन्न चेकजाचको बाहाना गरेर २/३ दिन भित्र मोटो रकम लिईयो र हामी बाध्य भएर पैसा दिऔं ।
खास गरी ग्रामीण भेगमा रहेको स्वाथ्य चौकीका एम्बुलेन्स चालकहरुले बिभिन्न किसिमको कुरा गरेर सेवाग्राहीलाई डर, त्रास दिई सेटिङ्घ रहेको महंगो दर भएको अस्पतालमा जान बाध्य बनाउदैं गरेका छन । स्रोतका अनुसार एलएस न्युरो, बयोधा, स्पर्स लगायतका पराए जसो गैरसरकारी महंगो दर भएका अस्पतालहरुले एम्बुलेन्स चालाकहरुसंग कमिशनको सेटिङ्घ गरेका छन ।
गर्भवती, दुर्घाटना जस्तामा परेका सेवाग्राहीहरुलाई डर, त्रास दिई सजिलो उपचारमा पनि आवश्यकता अनुसार भन्दा बढी पैसा तिर्न बाध्य बनाएको देखीएको छ । समस्या परेको बेला छिटो र सुलभ तरीकाले जनाताको सेवामा रहेको माध्यम एम्बुलेन्स नै जनतालाई दुख दिन थाल्यो, अब प्रशासनको मौनतालाई के बुझने ।
नेपाल सरकारको कानुनलाई बिर्सिएर नाफा कमनाउनेतर्फ सक्रिय भएको एम्बुलेन्स चालकहरुको गलत प्रबृत्तिले जनता चिन्तीत भएका छन । यस्ता कृयाकलाप रोक्न प्रशासनले कहिल्यै देखी अनुगमनमा लाग्न सक्रिय हुनेछन, अब हेर्न बाकी ।