मधेस प्रदेशको गौरवको आयोजनाहरूको छनोट गरेर लगानी गरेपछि दुरगामी प्रभाव पर्नेतिर बजेट केन्द्रित हुनुपर्छ । प्रदेशमा जनताको जनजीविकासँग जोडिएको डे–टु–डेको आवश्यकताहरूलाई पूरा गर्ने बजेट आउनुपर्छ । सर्भिस ओरिएन्टेड शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार जस्ता सेवामूलक स्थानहरूमा बजेट राखेर आमजनताको जीवनमा प्रभाव पार्ने बजेटको निर्धारण गर्न सकिन्छ, जसले दुरगामी महत्व राख्छ । मुख्यतः टुक्रे बजेट अर्थात् गहुँ जस्तो छर्ने बजेटभन्दा समग्रमा रेक्टिफाइ (शुद्धीकरण) गरेर प्राथमकिता निर्धारण गरेर बजेट एलोकेट गर्न सकिन्छ ।
जसरी कोशीदेखि नारायणीसम्म चुरेको फेदमा कृतिम नहर बनाएर व्यवस्थापन गर्न सकियो भने चुरे संरक्षण हुने, घटेको पानीको तहलाई माथि उकास्न मदत पुग्छ । सिँचाइको समस्या समाधान हुने, प्लानिङ गरेर विद्युतीय ऊर्जा, कृतिम नहरबाट पर्यटन प्रबद्र्धन, रोजगारी जस्ता मल्टिपर्पस मल्टिसेक्टर काम हुन सक्छ ।
शिक्षामा २०५२ को दरबन्दीअनुसार शिक्षकहरू खटिरहेका छन् । प्रावि शिक्षकले प्लस टुको विद्यार्थीलाई पढाउँछन् । जुन एकदमै ठूलो समस्या हो । जसले शिक्षामै प्रश्न चिह्न उठेको छ । त्यसलाई रोकेर अब दुनियाँ डिजिटलाइजेस भइसक्यो । हामी अझै परम्परागत शैलीमा पढाउँदै छौं । जसलाई परिवर्तन गरेर डिजिटल प्लेटफर्ममार्फत पढायौं भने शिक्षक अभावको समस्या समाधान हुनुको साथै शिक्षक आउने हाजिर गरेर जाने र राज्यकोषबाट पैसा लिइरहने परम्परासमेत अन्त्य हुन्छ ।
स्वास्थ्यमा नागरिकले पाउनुपर्ने न्यून्तम सेवा सुविधा पनि पाइरहेको छैन । मानिस जीवनजल नपाएर, सिटामोल नपाएको अवस्थामा सेवामूलक बजेट र आर्थिकोपार्जनमा उन्नति प्रगति हुने बजेटको अपेक्षा गर्न सकिन्छ । समग्रमा भन्दा शिक्षा, स्वास्थ्य, सिँचाइ, सडकलाई छुने बजेट आउनु जरुरी छ । समग्रमा भन्दा अधिकार क्षेत्र आत्मसात् गरी समस्या समाधान गर्ने सबैभन्दा अचुक औषधि बजेट नै भएकाले सर्वोपरी हितको बजेट आउनुपर्छ । संघीयता कार्यान्वयनको सतहमा देखिएका समस्याहरूलाई आत्मसात गर्ने गरी बजेट आउनु अत्यन्त जरुरी छ ।ख