नेपाललाई समृद्ध बनाउन निजि मेडिकल ब्यवसाय गर्न अनुमती दिन सरकारलाई नेकपा एमालेका सांसद प्रभु हजराले सुझाव दिएका छन ।
मंगलबार सांसद हजराले सदनमा सरकारले ल्याएको ०८१/०८२ को शिक्षा बिज्ञान, श्रम रोजकार तथा कृषि मन्त्रालयको बिधेयक बिनियोजन बिषयको छलफलमा बिशेष समय लिएर बोल्दैें सो सुझाव दिएका हुन ।
सरकारले नेपालमा निजि मेडिकल ब्यवसाय गर्न अनुमती दिएको भए देश्मै हजारौं युवाहरुको लागी रोजगारीको सृजना हुने जिकिर गदैं एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले शिक्षा र स्वास्थयको बिषयमा सारकारलाई थप जागरुक भएर लाग्न आग्रह गरेका छन ।
उनले भने नेपालको संबिधानले शिक्षालाई मौलिक हकमा धारा ३१ म राखेको छ, प्रत्येक नागरिकलाई अधारभुत शिक्षामा पहुछ हुनुपर्ने हो, प्रत्येक नागरिकलाई अधारभुत तहको शिक्षा र प्रत्येक अपाङ्गता तथा बिपन्नहरुलाई निशुल्क शिक्षाको कुरा गरिको हो तै पनि अहिले सम्म त्यो ब्यवस्था मिलाउन सकिएको छैन्न भने जिकिर गर्दैं सरकारले ल्याएको शिक्षा बिधेयकलाई सर्व सहमत पारित गर्न आग्रह गरेका हुन ।
संसदिय शिक्षा समितिको सदस्य समेत रहेका सांसद हजराले पञ्चायती काल देखि अडकिएको शिक्षा बिधेयक पारित भएसंगै नेपाल बिश्व बिद्यालय लगायत देशमा शिक्षाको स्थरमा छिटै सुधार हुने बताए ।
उनले चिकित्स सेवा आयोगलाई यथाशिर्घ खारेज गरेर नेपाल मै निजि मेडिकल ब्यवसाय संचालनमा ल्याउलन अनुमती दिएर देशलाई रोजगारको हब बनाउन र नेपालको अर्थ ब्यवस्था सुधारमा ल्याउन मन्त्रीहरुलाई आग्रह गरेका हुन ।
उनले तराईमा बिशेष गरि कृषिका क्षेत्र रहेको छ , तर नरायणी सिचाईको लापरवाहीले किसानहरुलाई कष्ट भोग्नु परेको र बागमती सिचाईको पनि आवस्था त्यस्तै रहेकोले तत्काल यसमा लाग्न कृषि मन्त्रीको ध्यानकर्षण समेत गराएका थिए ।
देशमा रोजगार सृजना गर्न थुपरै ठाँउ रहेको हुँदा पनि सरकारलाई काम अगाडी बढाउन आँट र भरोसा नएकोेले पछिला निति नियमलाई अध्ययन गरेर अगाडी बढन सुझाव दिएका थिए ।
उनले देशमा रोजगार सृजन गर्न आपसी तालमेल र बिशेष पहलबाट अगाडी बढेर बन्द रहेको कृषि औजार कारखाना, चिनि कारखाना लगायतका थुपरै कल कारखानाहरुलाई संचालनमा ल्याई देशलाइ समृद्ध र सखि बनाउन सभामुख मार्फत मन्त्रीहरुलाई ध्यानकर्षण समेत गराउनु भएको थियो ।