जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज ९बिहीबार० अपराह्नदेखि मतदान हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार दिउसो १२ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । र, त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ ।
बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ । साथै, उम्मेदवारीमा दाबी विरोध र दाबी विरोध उपर निर्णय भइसकेको छ।
२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सह(अध्यक्ष, महासचिव, सह(महासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो ।
अध्यक्षबाहेक अब एक जना सहअध्यक्ष, उपाध्यक्षमा ५, महासचिवमा २, उपमहासचिवमा ३, सचिवमा ७, कोषाध्यक्षमा १ जना गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षमा यादव निर्विरोध, अन्य पदमा प्रतिस्पर्धा
महाधिवेशन अन्तर्गतको निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
एउटा सहअध्यक्ष पदको लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।
यस्तै, पाँच जना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ ।
पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार छन् ।
महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ ।
दुई जना महासचिवका लागि बोमबहादुर दरलामी मगर ९आदिवासी०, रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ ।
सहमहासचिवमा खुलातर्फ डा। सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा। जय प्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उम्मेदवार छन् ।
कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । यस्तै सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन् ।