जगत राई
बिरगंज महानगरपालिकाको वडा नम्बर १७ अलौमा रहेको श्री द्वारदेबी माध्यामिक बिद्यालयमा एक महिने संकेतिक आधारभूत भाषा तालिम शुरु भएको छ ।
पर्सा बहिरा संघको आयोजना तथा बिरगंज महानगरपालिकाको सहयोगमा सो तालिम शुरु गरिएको हो ।
समारोहलाई उदघाटन गर्दैं बीरगंज महानगरपालिकाको वडा नम्बर १७ का वडा सदस्य खुब लाल महराले साङकेतिक भाषा केवल कान नसुन्नेको लागि मात्र होइन घरपरिवार, समाज र सार्वजनिक स्थानमा कानसुन्नेहरुले पनि यो भाषा सिक्न अति आवश्यकता रहेको बताए ।
उनले भने यदि उनीहरुसंग सम्बाद गर्छाै भने आफु सँगै यो भाषा अन्य ब्यक्तिको लागि पनि उतिकै महत्त्वपूर्ण हुने महराले बताए ।
उनले सर्वसाधारण मानिसले संकेतिक भाषा नबुझ्दा बहिरा ( कान नसुन्ने ) हरुले आफ्नो मनका केहि कुरा भन्न खोज्दा समस्या हुने भएकोले अहिलेको यो एक महिने आधारभूत सान्केतिक भाषाको तालिमले उपलब्धी हुने समेत जानकारी दिए ।
पर्सा बहिरा संघका अध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा पर्सा बहिरा संघका सल्लाहकार सगुन श्रेष्ठ, संघका उपाध्यक्ष उमेश कुमार गुप्ता, सचिब अजय कर्ण, कोषाध्यक्ष जुल्फकार अन्सारी, कृष्ण टिबडेवाल, लगायतको उपस्थित रहेको थियो । भने कार्यक्रमको सहजिकरण दोभाषे अर्चना कर्णले गरेकी थिइन् ।