जगत राई
प्याब्सन इन्टर स्कुल ब्याटमिन्टन प्रतियोगिता २०८१ आजबाट बीरगंजको सशस्त्र बेस क्यामगण गुल्मीहाल चिनिमिल आवास क्षेत्रमा शुरु भएको छ ।
प्याब्सन महानगरपालिकाको नगर अध्यक्ष आलोक कुमार चौरसियाको अध्यक्षता तथा प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधानको प्रमुख आतिथ्यमा सो प्याब्सन इन्टर स्कुल ब्याटमिन्टन प्रतियोगिता शुरु भएको हो ।
प्रमुख अतिथि अध्यक्ष प्रधानले निजी बिधालयहरुले गुणस्तरीय शिक्षा संगसंगै खेलकुद क्षेत्रमा समेत उतिकै महत्त्वपूर्ण भुमिका खेलिरहेको बताएका छन् । त्यसैगरी प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरीले भने विद्यार्थीहरुको बौद्धिक विकासमा स्वास्थ्य रहन खेलकुदमन्त्री हुनुपर्छ भन्ने उदेश्यले प्याब्सन इन्टर स्कुल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको बताए ।
उदघाटन समारोहमा प्याब्सनका उपाध्यक्ष शिवजी गुप्ता, कोषाध्यक्ष रामकिशोर यादव, नगर सहसचिव शर्मानन्द कुशवहा, नगर कोषाध्यक्ष सुरज पटेल, सहसंयोजक माटिन मुक्तान लगायतको उपस्थित रहेको कार्यक्रम संयोजक सुभाष प्रधानले जानकारी दिनुभएको छ ।
प्याब्सन इन्टर स्कुल ब्याटमिन्टन प्रतियोगितामा छात्रा डबल र छात्र सिङगल खेल भएको हो । छात्रा डबल तर्फ मुनलाइट मा.वि र जीवन ज्योति मा.वि बिच भएको थियो । जीवन ज्योति मा.वि बिजेता त्यसैगरी मिनिल्याड मा.वि र अल्पाइन मा.वि बिच भएको खेलमा अल्पाइन बिजयी कन्चनजंङग मा.वि र मनोकामना मा.वि बिच भएको खेलमा कन्चनजंङ मावि बिजयी गौतम मा.वि र सनलाइट मा.वि बिच भएको खेलमा गौतम मावि बिजयी न्युवेभ मा.वि र सिर्द्धार्थ मा.वि बिच भएको खेलमा न्युवेभ मा.वि बिजयी ज्ञान ज्योति मावि र ज्ञान्दा मा.वि बिच भएको खेलमा ज्ञान ज्योति मावि बिजयी एसआर ग्यालेक्सी र बीपिएस मावि बिच भएको खेलमा एसआर ग्यालेक्सी मा.वि बिजयी भएको कार्यक्रम संयोजक सुभाष प्रधानले बताएका छन् ।
त्यसैगरी छात्र सिङ्गल तर्फ जीवन ज्योति मा.वि र अल्पाइन मा.वि बिच भएको खेलमा अल्पाइन मा.वि बिजेता गौतम मावि र कन्चनजंङ्ग मा.वि बिच भएको खेलमा गौतम मा.वि बिजेता मिनिल्याड मा.वि र मुनलाइट मा.वि बिच भएको खेलमा मुनलाइट मा.वि बिजेता मनोकामना मा.वि र ज्ञान ज्योति बिच भएको खेलमा मनोकामना मा.वि बिजेता ,सनलाइट मा.वि र न्युवेभ मा.वि बिच भएको खेलमा न्युवेभ मा.वि बिजेता, बिपिएस र ज्ञान्दा मा.वि बिच भएको खेलमा ज्ञान्दा मा.वि बिजेता ,एस आर ग्यालेक्सी मा.वि र लिटिल एन्जल बिच भएको खेलमा एसआर ग्यालेक्सी मा.वि बिजेता र साउथजोन मा.वि र सिर्द्धार्थ मा.वि बिच भएको खेलमा साउथजोन माध्यमिक बिधालय बिजेता भएको कार्यक्रम संयोजक सुभाष प्रधानले जानकारी दिनुभएको छ ।