निजी बिद्यालयका प्रिन्सिपल तथा संस्थापक एवम् संचालकहरुलाई एक दिने नेतृत्व विकास तालिम स्थानीय होटल भिसवामा सम्पन्न भएको छ। निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीरगंज पर्साको आयोजनामा प्रिन्सिपल तथा संस्थापक एवम् संचालकहरुलाई प्याब्सनका केन्द्रीय अध्यक्ष डि। के। ढुङ्गानाले प्रशिक्षण दिनुभएको थियो । उनले प्रशिक्षण दिने क्रममा निजी बिधालयका संचालक प्रिन्सिपल ,शिक्षक,अभिभावक ,कर्मचारी र विद्यार्थीहरु बिच आपसी समन्वय गरेर अगाडि बडेको खण्डमा धेरै उपलब्धि हुने बताएका छन् । हामीले बिधालय बाट के कस्ता शिक्षा प्रदान गरिरहेका छौं भन्ने बारेमा अभिभावकहरुलाई छर्लङ्ग पार्न सक्नुपर्ने बताए । आजको मुख्य कुरा पनि यहीँ हो जुन लिडरसीप ट्रिनिङ अर्थात नेतृत्व विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा जान्न अति आवश्यकता रहेको प्याब्सनका केन्द्रीय अध्यक्ष ढुङ्गानाले बताएका छन् ।
हामीले अब नेपाली शिक्षा भन्दा पनि विदेशी शिक्षालाई कसरी अपनोत्व हुने खालका शिक्षा आवश्यकता हुदै गइरहेको बताएका हुन । हिजो हामी कागजमा लेखापढी गरिरहेको अवस्थामा कोभिड पछि हामी प्राविधिक युगमा प्रवेश गरिसकेका छौं अबको दस वर्ष पछि हामी यो भन्दा दशगुनाले अगाडि बढने भएकोले हामी निजी बिधालयका संचालक तथा प्रिन्सिपलहरु पनि त्यहीँ अनुसार तयारीका साथ अगाडि बढन जरुरी रहेको केन्द्रीय अध्यक्ष ढुङ्गानाले बताएका छन् । विद्यार्थीहरु पनि अब धेरै स्मार्ट भइसके किन भने प्रविधिको विकासले उ हामी भन्दा एडभान्स जान्ने भएको हुन सक्ने भएकोले हाम्रो कमजोरी कसैले फेला पार्न दिन नहुनेमा जिकिर राख्नु भएको थियो ।
प्याब्सन महानगरपालिका नगर अध्यक्ष आलोक कुमार चौरसियाको अध्यक्षता तथा निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपालका केन्द्रीय अध्यक्ष डि। के। दुङ्गानाको प्रमुख आतिथ्यमा सो नेतृत्व विकास तालिम सम्पन्न भएको हो ।तालिमको समारोहमा प्याब्सन जिल्ला अध्यक्ष पुरन प्रधान ,वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी ,उपाध्यक्ष शिवजी गुप्ता हरि श्याम ठाकुर ,कोषाध्यक्ष रामकिशोर यादव ,डाक्टर दिपेन्द्र चौधरी ,सचिव राहुल ,सुशीला साह,सहसचिव शर्मानन्द कुशवहा,श्याम केसी ,अशोक संग्रोला,इमामुदिन अहमद ,अमित आलोक लगायत करिब ४५ वटा बिधालयका प्रिन्सिपल तथा संस्थापकहरुको उपस्थित रहेको थियो ।