वीरगञ्ज । बुवाआमाको सपना पूरा गर्न वैदेशिक रोजगारमा गएका पर्सागढीका सिकेन्द्र सहनीको शव घर ल्याइएको छ ।पर्सागढी नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन९ सामी कार्यक्रमको सहयोगमा उनको शव घर ल्याईएको हो ।
पर्सागढी नगरपालिका वडा न ९ सहनी टोल निवासी मुखतार सहनिका छोरा बर्ष २६ को सिकेन्द्र सहनी घरको आर्थिक अवस्था कमजोर भएको कारण ४ वर्ष अगाडि मलेसिया गएका थिए । त्यहाँ स्थित पोलिडायनामिक यस डि यन कम्पनीमा कार्यरत उनी जेठ २७ गते आफ्नै सुत्ने कोठामा मृत भेटिए । डोरीले पासो लगाईएको अवस्थामा उनको शव भेटेको थियो ।
‘छोराले दुई दिन अगाडी फोनमा कुरा गर्दै १र२ दिनमै घरमा पैसा पठाउदै छु भने, तर त्यसको भोलि पल्ट नै उनको मृत्युको खबर आयो । यो सुन्दा आफु होश नै उड्यो, घरको छानो टाउको मै खसेको झै भयो ।’ मृतक सहनीका बुवा मुख्तार सहनीले दुखेसो सुनाए ।
त्यसपछि छोराको शव स्वदेश फर्काउन सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० पर्सागढि नगरपालिका लाई अनुरोध गर्न पुगे मुख्तार ।
सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० पर्सागढी नगरपालिका शाखाका प्रमुख चन्द्रकिसोर रायका अनुसार मृत्युको खबर सुन्नासाथ हामीहरुले शव झिकाउन वैदेशिक रोजगार विभाग काठमाडौंमा पहल गरेर १ हप्ता भित्र सहनीको शव घर ल्याउन सफल भएको बताए ।
सामी कार्यक्रम ३ वर्ष देखि पर्सागढीमा सञ्चालनमा रहेको र विदेशमा फसेकाहरुलाई उद्दार गर्ने, ठगिएकाहरुलाई क्षतिपुर्ति दिलाउने र वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सीपमुलक तालिम दिई रोजगारी दिने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।
सहनीको मृत्यु के कारणले भएको होला भन्ने खुल्न सकेको छैन । उनको शव शनिबार नै विहान स्थानीय आर्यघाटमा लगेर दाहसंस्कार गरिएको छ ।