नेकपा एमालेका सांसद प्रभु हजराले भौतिक पुर्वाधार मन्त्रालय भित्र माननिय र मन्त्रीहरुको पछिपछि घुम्ने , पदफेरा लगाउने खालका माननियहरुको मात्र योजना परेको बताए छन
मंगलबार सांसद हजराले सदनमा सरकारले ल्याएको ०८१÷०८२ को गृह मन्त्रालय, भौतिक एवंम परराष्ट्र मन्त्रालयको बिधेयक बिनियोजन बिषयको छलफलमा बिशेष समय लिएर बोल्दैें सो कुरा बताएका हुन ।
सांसद हजराले पर्साको कारागार र बाल सुधार गृहको अवस्था निकै जिण रहेता पनि नयाँ बजेटमा ओजना परेन तत्काल यस बिषयमा ध्यान दिन गृह मन्त्रीलाई आग्रह गरेका छन । उनले भने अहिले २५४ वटा बिओपी रहेको छ, तर सो बिओपीको हालत निंदनिय रहेको र त्यसमा प्रहरी जवानहरु भिन्ताभद भएर बस्ने अवस्था रहेको हुनाले तत्काल सुधारमा लाग्न मन्त्रीको ध्यानकषर्ण गराएका थिए ।
उनले जिल्लामा छोटे सरकारको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी, जिल्लामा प्रहरीका प्रमुखहरुको फोन नउठने भएको कारण आम सेवाग्राहीलाई दुख भोग्नु परेको जिकिर गदैं यस्ता गतिबिधिलाई सुधारमा ल्याउन निर्देशन दिन गृह मन्त्रीलाई आग्रह समेत गरेका हुन ।
सांसद हजराले पर्साको पोखरीयामा भुमी सुधार मन्त्रीले सेवा केन्द्रको स्थापना गर्न घोषणा गर्नु, बजेटमा ल्याउनु भएको र पटक पटक गृह मन्त्रीसंग त्यो ठाँउमा ईलाका प्रहरी कार्यालय बनाउन सो क्षेत्रमा पर्ने ७ वटै पालिकासंग संयुक्त रुपमा मांग गरेको हुँदा पनि बजेटमा छुटिएकोले त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन ।
उनले सरकारी कामकाजमा राष्ट्रिय परिचयपत्रबाट सम्पुर्ण कार्य गर्नेे सरकारले लागु गरेको ऐन कानुनले गर्दा बृद्धबृद्धाहरुको लागी कष्टकर रहेको हुनाले यथाशिघ्र रोकेर नगरीताबाट नै काम गर्न गराउन आग्रह गरेका हुन ।
उनले भने सरकारको निति कार्यक्रम लागु गर्न बिदेशमा रहेका हाम्रा राजदुतहरुलाई पहिला नै फिर्ता बोलाउनु पर्ने थियो, किन भने सरकार र राजदुत फरक भएमा काम गर्न अफ्यारो हुन्छ, ढिलो गर्नु भयो तर राम्रो गर्नु भयो भन्दैं सांसद हजराले परराष्ट्र मन्त्रीलाई धन्यवाद समेत दिएका थिए ।
सांसद हजराले भौतिक पुर्वाधार मधेश प्रदेश केन्द्रित बजेट गएको छ, तर धनुषा लगायत अन्य जिल्लामा माननिय र मन्त्रीहरुको पछिपछि घुम्ने , पदफेरा लगाउने खालका माननियहरुको मात्र योजना परेको बताए छन । उनले पर्सा जिल्लामा दुई वटा पालिकामा नगर प्रमुख र तिन वटा पालिकामा प्रमुख गरेर पाँच वटा पालिकामा नेकपा एमालेबाट जितेका जनप्रतिनिधि संगै हामी दुई समानुपातीक सांसदहरु संयुक्त रुपमा योजना दिएको हुँदा पनि नाम मात्रको उचारण समेत नभएको बताएका हुन । उनले आग्रह पुर्वग्राही ढंगले सिंगो नेकपा एमालेले वास्तवमा जनताको हितमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा राष्ट्रलाई सम्बोधन गर्ने योजना आएको थियो त्यस्तै अहिले एमालेको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका भौतीक पुर्वाधार मन्त्रीसंग रहेको आसा र भरोसा अहिले टुटेको बताएका छन ।
स्वर्गीय मनमोहन अधिारीको नौं महिने सरकारमा सानो मन्त्रीमण्डल रहेको जिकिर गर्दै सो बेला उधोग बाणिज्य आपुर्ती मन्त्री चिनि काण्डमा परेको बेला रातारात निकालेर फालेको जानकारी गराएका थिए ।
सांसद हजराले अहिले खास गरी प्रधानमन्त्रीले थुपरै कार्यालय आफ्नो मातहतमा ल्याए छन, तर सबै कार्यालय प्रधानमनत्रीको मातहतमा राख्न जरुरी नरहेको उनले बताएका हुन । उनले मन्त्रालयको अधिकारहरु छिनेर प्रधानमन्त्रीको कार्यालयमा एक्रित गरेर राखिएको भन्दै मन्त्रालयको अधिकार कटौती नगर्न प्रधानमन्त्रीको ध्यानकषर्ण समेत गराएका छन ।
सरकारले ल्याएको नँया बजेटमा केही मन्त्रीहरुले गल्ती गरेको भन्दैं यसपालीको थुपरै बजेट सराहनिय रहेको र माननियहरुको लागी गौरवमय रहेको हुनाले सांसद हजराले आफ्नो समर्थन समेत जनाएका हुन ।