वीरगञ्ज : रास्वपाको दोस्रो स्थापना दिवस वीरगञ्जमा पनि मनाइएको छ । रास्वपा जिल्ला कार्यसमिति पर्साले वीरगञ्जमा चियापान कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै दोस्रो स्थापना दिवस मनाएको हो । कार्यक्रममा पर्सा जिल्लाका राजनीतिक दलका नेताहरु, संबिधान सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु र संचारकर्मीहरुको उल्लेख्य सहभागिता .रहेको थियो ।
पार्टीका जिल्ला संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले सुशासनको मूल मन्त्रलाई रास्वपाले आत्मसाथ गरेको बताए । पुराना राजनीतिक दलहरुप्रति नागरिकको निराशा बढ्दै गएको हुँदा रास्वपा अगाडि आएको उनको भनाई छ । उनले अव पुराना सोच र मान्यता बोकेर नयाँ युगमा प्रबेश गर्न नसक्ने भएकोले समयानूकुल बिचार बोक्न आवश्यक रहेको धारणा समेत राखेका थिए । उनले आफ्नो पार्टीले जनताको चाहाना। बिचार र समस्यको उठान गरेको हुनाले नै सबै उमेर समुह र तह र तप्काको नागरिकको आकर्षण बढेको धारणा समेन राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंका सचिब दिपेन्द्र चौहानले अव पनि जनताको बिचारलाई बोकेर काम गरिएन भने कसैको पनि भलो नहुने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, संविधान सभा सदस्य अजय द्विवेदी, नेकपा एमाले पर्साका अध्यक्ष डा। विश्वम्भर शर्मा, पूर्व मेयर विजय कुमार सरावगी, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाली कांग्रेसका सभापति जनर्दन सिँह क्षेत्री, नेकपा एमाले सचिब महेश दास, जसपाका सचिब तवरेज आलम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै पर्साका संयोजक पन्तले पर्सा जिल्लामा संगठन विस्तारको क्रमलाई तिव्रता दिने बताए । आफ्नो कार्यकालमा पर्सामा रास्वपालाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पन्तले प्रतिबद्धता व्यक्त गरे ।। समारोहमा श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति राम नारायण कुर्मी, नेकपा एमालेका अध्यक्ष डा। विशम्भर शर्मा, जसपाका अध्यक्ष राम नरेश कुर्मी, सचिव तबरेज आलम, नेकपा एमाले पर्साका सचिव महेश दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा। सुबोध गुप्ता, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, पूर्व अध्यक्ष गोपाल केडिया, अनुज रूंगटा लगायतको उपस्थिति थियो ।
स्वागत मन्तव्य राख्दै पर्साका संयोजक पन्तले पर्सा जिल्लामा संगठन विस्तारको क्रमलाई तिव्रता दिने बताए । आफ्नो कार्यकालमा पर्सामा रास्वपालाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पन्तले प्रतिबद्धता व्यक्त गरे । रास्वपा मधेश प्रदेशका सदस्य दिलिप कुर्मीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि।क।ले गरेका थिए ।