काठमाडौं– गृह मन्त्रालयले विभिन्न २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्र सम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि यस्तो निर्देशन दिइएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईद्वारा वक्तव्यमा जनाइए अनुसार सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट नभई स्थानीय तहबाटै विवरण संकलन गरिने छ । गृह मन्त्रालयले २८ जिल्लामा ४३८ प्राविधिकसमेत पठाएको छ ।
झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो अनिवार्य व्यवस्था गरिएको हो ।