प्रतिनिधि सभाको मंगलबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक ९बजेट० पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले बहुमतले पारित भएको घोषणा गरेकी थिइन्।
त्यसअघि अर्थमन्त्री पुनले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका थिए। उनले अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइएको जिकिर गरे।बजेटमाथिको छलफलका क्रममा ३१ जना सांसदले खर्च कटौतिको प्रस्ताव राखेका थिए। सांसदले राखेका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।
खर्च कटौतिका लागि प्रेम सुवाल, अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डेय, रमा कोइराला, सञ्जयकुमार गौतम, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य, जीवन परियार, दीलेन्द्रप्रसाद बडू, बीना लामा, रुपा विक, ज्ञानबहादुर शाही, शान्ति विक, रोशन कार्की, नागिना यादव, तेजुलाल चौधरी, मैना कार्की, राजेन्द्र बजगाइँ, धवलशमशेर जबरा, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङ्देन, श्यामकुमार घिमिरे, बुद्धिमान तामाङ, हृदयराम थानी, उदयशमशेर राणा, प्रदीप पौडेल, चन्दा चौधरी, ध्रुवबहादुर प्रधान र पुष्पबहादुर शाहले प्रस्ताव राखेका थिए।