ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँचको नाममा रकम असुली कार्यलाई तिव्रता दिएको छ । ट्राफिक प्रहरीले ओभरलोड,ब्लुबुक,लाईसेन्स,नम्बरप्लेट लगायतको बाहानामा
मालबाहक ट्याक्टर, पिकप, भारतीय नम्बर प्लेटका सवारी साधनहरूबाट रकम असुली गरेको आरोप लागेको हो ।
बिशेषगरि जितपुर,कलैया र गण्डकमा खटिने ट्राफिक प्रहरीले ओभरलोड ,नम्बर प्लेट ,ईटा, गिटी बालुवा, धान, मकै, तरकारी बोक्ने गाडीबाट दिनँहु अवैध तरिकाले २०० देखी १५०० सम्म पैसा असुल्ने गरेको स्रोतको दावी छ ।
सबै कागजात हुदाँ पनि ट्राफिकले बिभिन्न बहानामा दुःख दिने र पैसा लिएपछि छाड्ने गरेको प्रसौनी गाँउपालिकाका एक ट्रयाक्टर चालकले नाम नछाप्ने शर्तमा जनकारी दिए ।
जितपुरमा खटिने असई बब्लु ठाकुरले शुरुमा चालकहरुलाई कानुनको हावाला दिदै तर्साउने, तथा साईडलाइट बलेको छैन, नम्बर प्लेट स्पष्ट देखिएको छैन, ओभर लोड समान छ, समान छोपेको छैन जस्ता बहानामा पैसा लिने गरेको नाम न बताउने शर्तमा सिमराका एक चालकले बताए । उनले जिपतुर ट्राफिक प्रहरीलाई महिनावारी रकम दिनुपर्ने बाध्यता रहेको बताए । महिनावारी रकम नदिए अनेक बहानामा ट्राफिक प्रहरीले दुख दिने , बढी जरिवाना लगाइदिने गर्ने गरेको सवारी चालकहरु बताउँछन् ।
जितपुर र कलैया ट्राफिक प्रहरी प्रमुखमा कार्यरत सई हरुले अवैध तरिकाले उठाइएको रकम बारा जिल्लाका ट्राफिक प्रहरी प्रमुख सम्म पुगाउने कार्य गर्दै आईरहेको श्रोतको दावी छ ।
स्रोतका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोलाई मासिक तोकिएको रकम बुझाउनु पर्छ भन्दै गण्डक र कलैयामा खुलेयाम रकम असुली भैरहेको छ ।
यस बारेमा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक महतोसंग बुझदा यस्ता गतिबिधी बारे आफुलाई केही जानकारी नरहेको प्रतिकृया दिए । उनले छिटै छानबिन गरेर संल्गन रहेका प्रहरीलाई कारवाही गर्न बताए ।