नेपाली समाजमा असार १५ भन्नेबित्तिकै दही–चिउरा खाने दिन भनेर बुझिन्छ। अचेल धान दिवस तथा रोपाइँ महोत्सव पनि भनिन्छ। किन यही दिनलाई दही चिउरा खाने दिन भनिएको होला रु कहाँबाट यसको प्रचलन आयो रु असार १५ को महत्त्व के छ रु प्रश्न धेरै छन्। चित्तबुझ्दो उत्तर खोज्ने प्रयास यस लेखमा हुनेछ।
लोकोक्तिअनुसार नेपाल एकीकरणका बखत पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले दही खुवाएर ‘पराक्रमी हुनु’ भन्ने आशीर्वाद दिएका थिए। त्यही आशीर्वाद पाएपछि नेपाल एकीकरणका क्रममा शाहले जताततै विजय पाउन थाले। त्यसपछि गोरखकालीको पूजा गर्न थाले भन्ने कथा छ। असार १५ गते नै गोरखकालीको पूजा पनि गरिन्छ। त्यसैले सोही समयदेखि असार १५ गते दही चिउरा खाने चलन बसेको पनि हुन सक्छ।
विभिन्न संस्कृतिकर्मीका अनुसार परापूर्वकालमा असार १५ सम्ममा प्रायः किसानको रोपाइँ सकिन्थ्यो। त्यसपछि उनीहरूले दही चिउरा खाएर भोज गर्थे। रोपाइँ सकिएको खुसीयालीमा यसलाई पर्वकै रूपमा मनाइन्थ्यो। यकिन समय थाहा नभए पनि त्यसै समयदेखि यो चलन चलेको पनि भन्न सकिन्छ।
असार १५ पछि बल्ल पानी पर्छ, रोपाइँ कसरी सकिन्थ्यो रु भन्ने प्रश्न आउँछ। समयक्रम बढ्दै जाँदा भएका ९मौसमी० जलवायु परिवर्तनले वर्षात्को समय पनि परिवर्तन भयो। सँगसँगै धानबालीका जातमा पनि परिवर्तन आए। पानी पर्ने र धान रोप्ने समय पनि पछि धकेलिँदै गयो। अचेल त असार १५ मा रोपाइँ सकिने होइन, बल्ल सुरु हुन्छ। तैपनि प्राचीनकालदेखि चलिआएको ‘असार १५ पर्व’ यथावत् छ।
आयुर्वेद विज्ञ तथा विश्लेषकहरूले असार १५ मा दही—चिउरा नै खाने प्रचलनमा विभिन्न वैज्ञानिक आधारहरू दिएका छन्। हाम्रो समाज परापूर्वकालदेखि नै कृषिमा निर्भर छ। कृषिप्रधान देशका बासिन्दा भएकाले पनि यहाँका अधिकांशको पेसा खेतीपाती नै हो। हाम्रो भूगोलअनुसार असार खेतीबाली लगाउने ‘मध्य सिजन’ हो। धानबाली लगाउने अनुकूल समय। असार महिनालाई ‘मानो खाएर मुरी उब्जाउने’ महिनाका रूपमा लिइन्छ। वर्षभरिका लागि पुग्ने अन्न उब्जाउनु पर्ने समय। अत्यधिक परिश्रम गर्नुपर्ने सिजन। त्यसैले घरका सबै सदस्य खेतबारीमै व्यस्त हुन्छन्। घरमै मिठो–मसिनो बनाएर खाने समय नै हुँदैन। सबैका घरमा दुहुना गाई–भैंसी हुन्छन्। दूध–दही टुट्दैन। पकाइरहनु नपर्ने। कामको चापमा पनि खान मिल्ने छिटोमिठो आडिलो खान्की दही–चिउरा। पौष्टिक त७इभ्ष्निसव पनि पाइने। त्यसैले असारमा दही–चिउरा सबैभन्दा उत्तम आहारा बन्न पुग्यो। परिश्रम गर्दा पसिना धेरै आउँछ। दही र चिउरा मिसाएर खाँदा पानीको मात्रा पनि परिपूर्ति हुन्छ। प्यास मेटिन्छ। डम्म अघाइन्छ। पुनः काम गर्न सकिन्छ। दहीमा प्रोटिन उच्च मात्रामा पाइन्छ। यसको सेवनले भोक कम लाग्ने, प्रशस्त ऊर्जा दिने तथा शरीर फुर्तिलो बनाउँछ। दहीबाट प्राप्त हुने प्रोबायोटिक्सले खानेकुरालाई सजिलै पचाउन मद्दत गर्छ। जसले पखाला, कब्जियत, ग्यास्ट्रिक आदि हुन दिँदैन। भएको छ भने पनि निको पारिदिन्छ। शरीरलाई चाहिने क्याल्सियम, भिटामिन बी कम्प्लेक्स र खनिज दहीमा भरिपूर्ण हुन्छ।
पकाउनु नपर्ने हाम्रो परम्परागत खाद्यपदार्थ हो चिउरा। यो स्वादिलो हुनुका साथै यसमा प्रशस्तै पौष्टिक त७इभ्ष्निसव भिटामिन, खनिज, फाइबर, कार्बोहाइड्रेट र प्रोटिन पाइन्छन्। खेतमा काम गर्दा हिलाम्ये भएको शरीरमा दही चिउराले प्रचुर मात्रामा ऊर्जा दिने विज्ञ बताउँछन्। कामको चटारो परेका बेला थोरै मेहनतमा तयार हुने यस्ता पौष्टिक खानेकुरालाई प्राचीनकालका ‘अन्वेषक’हरूले ‘असारमा दही चिउरा खानू’ भनेर चलन चलाए। त्यसैको अनुसरण हुँदै गयो। समयचक्र चल्दै जाँदा अहिलेको समाजमा असार १५ लाई दही—चिउरा खाने दिनका रूपमा मनाइँदै आएको छ।
केही विश्लेषकले धानखेती सुरु भएसँगै असारमा दही—चिउरा खाने चलन चलेको भन्छन्। वर्षात्का बेला खेतबारीमा आगो बाल्न समस्या हुन्छ। पानी परेर दाउरा भिजेका हुन्छन्। गोठको ओतमा सञ्चित गरिएका दाउरा पनि बाछिटाले ओस्सिएका हुन्छन्। बल्दैनन्। त्यसैले रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता दिने खाद्य परिकार दही चिउरालाई सजिलो खाजाका रूपमा स्थान दिइएको हुन सक्छ। यद्यपि यो चलन कहिलेबाट चल्यो भन्ने स्पष्ट प्रमाण भने अहिलेसम्म भेटिएको छैन।
नेपालमा २०६१ सालदेखि असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन थालिएको छ। कृषिप्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधार धान उत्पादनलाई महइभ्ष्निसव दिँदै असार १५ लाई धान दिवसका रूपमा मनाउन थालियो। यस दिन देशका अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउँछन्। धेरैजसोले असार १५ देखि रोपाइँ सुरु गर्छन्। असार महिनाको साहित्यिक मह७इभ्ष्निसव पनि छ। कामको चटारोकाबीच कृषकलाई भ्याइँनभ्याइ हुन्छ। यसबीच पनि किसानहरू हिलो छ्यापाछ्याप गरेर, असारे गीत गाएर रमाइलो गर्छन्। धान रोप्दा असारे गीत गाइन्छ। हाम्रो भूगोलमा प्रायः असारमा धान रोपिने भएकाले ती गीतलाई असारे गीत भनिएको हो। धान रोप्दै गाइने हुँदा असारे गीत सरल र लेग्रो तानेर सामूहिक रूपमा गाइन्छ। काममा ध्यान पनि पुग्ने, श्वास पनि लामो–लामो फेर्न सकिने, अनि थकान पनि कम हुने हुँदा सुस्तरी लेग्रो तानेर असारे गीत गाउने परम्परा प्राचीन समयदेखि रहिआएको छ।