वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा आयोजित रक्तदानबाट ५५ पोका रगत संकलन भएको छ । समाज परिवर्तन नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा पाँच जना महिलासहित ५५ जनाले रक्तदान गरेका हुन् ।
संस्थाका अध्यक्ष अकलेस साहको अध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटन नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जाराले गरेका थिए ।रक्तदान गर्नेहरुमा रिमि कर्ण, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, अवधकिसोर यादव, अरुण कमार साह लगायतका रहेका छन् ।
रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेपछि सोही विषयलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको समाज परिवर्तन नेपालका अध्यक्ष साहले जनाए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा , सचीव राहुल साह , कोषाध्यक्ष रोशन सराफ , सहसचिव धर्मेन्द्र पटेल ,राजन साह ,संदिप महतो ,भगवान पटेल लगायतले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।