वीरगञ्ज । नगरप्रमुख राजेशमान सिंहले यस वर्षको एसइई ९माध्यमिक शिक्षा परीक्षामा महानगरपालिकाका सामुदायिक विद्यालयहरूको कमजोर नतिजा प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। बुधबार महानगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँगको भेटमा नगरप्रमुख सिंहले नतिजा खस्कनुको कारणहरूबारे सोधपुछ गरे।
सिंहले भने,महानगरको तर्फबाट सामुदायिक विद्यालयहरूलाई आवश्यक सहयोग दिन प्रयास गरे पनि एसइईको नतिजा एकदमै खस्किएको छ। आगामी दिनमा यस्ता नतिजा नआओस् भन्ने उद्देश्यले प्रधानाध्यापकहरूलाई सचेत रहन आग्रह गर्छु।
विद्यालयको शैक्षिक सुधार र वातावरणमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै सिंहले विशेष गरी एसइईमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई नयाँ तरीकाले तयार गर्नुपर्ने सुझाए। उनले विद्यार्थीका अभिभावकहरूसँग विद्यालयमैं भेट गर्ने र यसको लागि उपयुक्त वातावरण बनाउने निर्देशन पनि दिए।
प्रधानाध्यापकहरूले विभिन्न समस्याहरूको कारणले नतिजा प्रभावित भएको बताए। ूखानेपानीको अभाव, शौचालयको दुरवस्था, आवश्यक जनशक्तिको कमी, भौतिक संरचनाको अभाव र शिक्षा प्रणालीमा परिवर्तनका कारण विद्यार्थीहरूको मनोबल खस्किएको हो,ू प्रधानाध्यापकहरूले भने।
यस वर्ष वीरगञ्ज महानगरपालिकामा ८१ वटा विद्यालयबाट ५,२३५ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए। जसमध्ये २,८६७ जना ९५४।७६ प्रतिशत० उत्तीर्ण भए। २० वटा सामुदायिक विद्यालयबाट ३,३८५ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये १,१४३ जना ९३४।३७ प्रतिशत० उत्तीर्ण भए। संस्थागत विद्यालयतर्फ ६१ विद्यालयबाट १,९१० विद्यार्थी सहभागी भएका थिए, जसमध्ये १,७२४ जना ९९०।२६ प्रतिशत० उत्तीर्ण भए।
सामुदायिक विद्यालयहरूको कमजोर नतिजालाई सुधार गर्न नगरप्रमुख सिंहको प्रतिबद्धता र प्रधानाध्यापकहरूको समस्या समाधान गर्ने प्रयासले भविष्यमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।