बारा : बाराको जीतपुरसिमरा उमपहानगरपालिका वडा नम्बर ३ मा आजदेखि जीतपुरसिमरा महोत्सव २०८० शुरु भएको छ । महोत्सवको आज एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन गर्दै यादवले खस्किदै गरेको अर्थतन्त्रलाई महोत्सवले टेवा पुर्याउने बताउनुभयो ।
मधेश प्रदेशलाई केन्द्र सरकारले बिभेद गर्दैै आएको भन्दै मुख्यमन्त्री यादवले प्राथमिक्तामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण गर्न २५ लाख रुपैया सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै बारा क्ष्ँेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले मधेशको विकासमा संघिय सरकारले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का प्रतिनिसभा सदस्य ज्वाला कुमारी शाह, मधेश प्रदेशकी पर्यटन मन्त्री सुनिता कुमारी यादव, संविधानसभा सदस्यहरु शोभाकर पराजुली, जयराम दहाल, मधुशाही ठकुरी, बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरी, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुनिल गाउलेले गर्नुभएको थियो । आजदेखि शुरु भएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ । कृषि पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बिभिन्न समुदायका खानाका स्टलहरु, बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुको स्टल, मनोरञ्जनात्मक बाल उद्यान, सेल्फी जोन लगायत रहेको छ ।
महोत्सवमा नेपालका चर्चित कलाकारहरु जिवन शर्मा, ज्योति मगर, बद्रि पंगेनी, अनु चौधरी, प्रिति पासवान, एलिना चौहाल, दुर्गेस थापा, रचना रिमाल, धुमुर्स सुन्तली, निशान भट्राई, मिस्टर डि लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् ।