पर्सा : नेवा मिसा दवु पर्साको आयोजनामा आज स्थानीय होटल पुजनमा ११४ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चार जना महिलाहरु सम्मानित भएका छन । नेवा मिसा दवु पर्साका अध्यक्ष मिरा प्रधानको अध्यक्षता तथा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सो ११४ औ अन्तर्राष्ट्रिय नारी दिवसमा एआईजिपी मिरा चौधरी,नारायणी अस्पतालका हेमा थापा ,सरस्वती शाक्य ,शान्ति आमात्यलाई सम्मान गर्ने क्रममा बैभव बीरगंज बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा राख्नु भएको छ।
सरकारले बीरगंज महानगरपालिकालाई उपेक्षित गरेको गुनासो गदै भारतपुर महानगरपालिकालाई चार सय करोड बजेट दिने गरेको तर बीरगंजलाई दिने बजेट १३२ करोड मात्र रहेकोले यहीँ बजेट मार्फत सबै कामकाज गर्नुपर्ने नगर प्रमुख सिंहले धारणा राख्नु भएको थियो ।
बीरगंजमा ब्यापार ब्यवसायीलाई अगाडि बढाउने अवधारणा अनुसार बन्द रहेको रात्रि बजार यहीँ चैतको अन्तिम बाट शुरुआत गर्न लागेकामा यहाँहरुको साथ र सहयोगको अपेक्षा गरेको नगर प्रमुखको भनाइ रहेको छ। सम्मान कार्यक्रममा मधेस विश्वबिधालयका उपकुलपति डाक्टर दिपक शाक्य ,नेवा देव देय दवु प्रदेशका उपाध्यक्ष दिपेन्द्र बैध,नेवा देव देय दवु जिल्ला अध्यक्ष प्राण नारायण ,नेवा देव देयदवु महानगर अध्यक्ष सत्यम खड्गी ,नेपा पुचस् अध्यक्ष हरि बैध ,नेवा भाषा खल अध्यक्ष हेरम्ब जोशी ,बीरगंज नेवा समाजका अध्यक्ष अरविन्द आमात्य ,आईजीपी मिरा चौधरी ,नारायणी अस्पतालका नृसिह निरिक्षक हेमा थापा ,शान्ति आमात्य ,सरस्वती शाक्य ,अन्नपूर्ण मानन्धर लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको स्वागत मनतब्य नेवा मिसा दवु पर्साका सदस्य अमृता जोशीले गरेकी थिइन् ।