वीरगञ्ज : साउथजोन माविले सामाजिक अभियानमा थप सक्रिय भुमिका निभाउन सफल भएको छ । प्रिन्सिपल सरोज प्रसाद चौधरीले आज मानव सेवा आश्रमलाई रु ५१ हजारको चेक हस्तान्तरण गरेको छ।
बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा रहेको साउथजोन माध्यमिक बिधालयका विद्यार्थीहरुको सपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। साउथजोन माबिका डाइरेक्टर तथा प्रिन्सिपल ,सरोज प्रसाद चौधरीको सभापतित्व तथा श्रीजंगगणका नेपाली सेनाका सेनानी कुशल कार्कीको प्रमुख आतिथ्यमा सो विद्यार्थीहरुलाई सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।उहाँले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने क्रममा विद्यार्थीहरु आफ्नो इच्छा विपरीत जान नहुने बताए ।
उत्कृष्ट मासपास तथा अतिरिक्त क्रियाकलापमा सहभागी भएका विद्यार्थीहरुले पढाइ संगसंगै अनुशासन र अनुशासित भएर अगाडि बडन आवश्यक रहेको सेनानी बताउनुभएको हो । यसको साथै विद्यार्थीहरु मानसिक तथा शारीरिक रुपले पनि सक्षम हुन जरुरी रहेको बताए ।निर्वाचन बाट निर्वाचित भएका विद्यार्थीहरु तथा अन्य तहमा पुरस्कार प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।
चारवटा सदनका विद्यार्थीहरुले माचपास गरेका थिए।आज देखि नर्सरी देखि कक्षा १० सम्मका हेडगल ,हेडबयाच,क्याप्टेन ,भ्याइस क्याप्टेनहरुको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको छ। कार्यक्रममा मधेस विश्व बिधालयका निति तथा आयोगका सदस्य डाक्टर हरिशंकर साह,प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,वडा नम्बर १३ का वडा अध्यक्ष हिरालाल गिरि,प्याब्सनका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अनुप तिवारी ,उपाध्यक्ष युवराज खड्का ,महानगरपालिका शिक्षा अधिकृत आनन्द लामिछाने ,प्याब्सन जिल्ला अध्यक्ष पुरन प्रधान ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,समाजबादी प्रेस संगठन केन्द्रीय सदस्य मनोज पटेल ,प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य निरजपिठाकोटेमगर,ट्राफिक प्रहरी सहायक गुणनिधि खकुरेल,मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव ,बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,तथा अभिभावक ,विद्यार्थीहरु,शिक्षक,शिक्षिकाहरुको उल्लेखनीय सहभागी रहेको थियो । विभिन्न विधामा विजेताभएका विद्यार्थीहरुलाई पुरस्कार मार्फत सम्मानित गरिएको थियो ।कार्यक्रमको सहजिकरण सहायक प्रिन्सिपल अशोक संग्रोलाले गर्नुभएको थियो ।