काठमाडौं नुवाकोट, लिखु गाउँपालिका–२ लबले पिपलबोटस्थित खेतको कुलोको पानीमा डुबेर सूर्यगढी गाउँपालिका–५ कालिमाटी बस्ने ५० वर्षीय गोबिन्द कुँवरको सोमबार दिउँसो मृत्यु भएको छ ।
सप्तरी, कंचनरूप नगरपालिका–२ महादेबपट्टि बस्ने जितामुदिन शेखको छोरा ५ वर्षीय खुशी आलमको आफ्नै घर पछाडी रहेको नालीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
झापा, बाह्रदशी गाउँपालिका–३ राजबंशी चोक डेरा गरी बस्ने भारत बिहार राज्य पुर्निया जिल्ला जरवानेली ग्राम पञ्चायत–८ घर भएका जय कृष्ण कहार माहुलीको ८ महिनाकी छोरी लिपिका कुमारी कहार माहुलीको सोही घरको आँगनमा राखेको बाल्टिनको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, सिरहा नगरपालिका–१८ तारापट्टी बस्ने अमिन्द्र कुमार यादवकी छोरी २ वर्षीया रागनी कुमारी यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही, शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने गुल्मी घर भएका २४ वर्षीय बिमल थापाको गए राति मृत्यु भएको छ । सोमबार राति पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका
उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।