काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा बुधबार पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ ।
आज नेप्से २।३३ प्रतिशतले बढेर २३६४।६३ विन्दुमा पुगेको छ । बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ ।
आज ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज नेप्सेमा र कारोबारमा उछाल आउँदा निर्जीवन बीमा उछाल आएको छ । आज एकै दिन निर्जीवन बीमा समूह ३८२।४१ अंकले बढेर ११ हजार ८००।४४ विन्दुमा पुगेको छ ।
त्यस्तै, होटल एण्ड टुरिजम ३२०।२७ अंकले बढेर ६०८१।९० विन्दुमा, जीवन बीमा २४२।२६ अंकले बढेर ११ हजार ३२८।७१ विन्दुमा, उत्पादन समूह २०७।०१ अंकले बढेर ७०८५।९५ विन्दुमा र ट्रेडिङ समूह २२९।०७ अंकले बढेर ३३६५।७१ बिन्दुमा पुगेको छ ।
आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज बढेका समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आज ६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।