वीरगञ्ज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष ०८०-८१ मा ८ हजार ७४ वटा अर्थात् ५६ दशमलव ९९ प्रतिशत मुद्दा फर्छौट गरेको छ । यो तथ्यांक गत आ।व। ०७९-८० भन्दा ९ दशमलव ३५ प्रतिशतले बढी हो । विगत ५ वर्षकै अवस्था नियाल्दा गत आर्थिक वर्ष ०८०-८१ मा सबैभन्दा बढी मुद्दा फर्छौट भएको देखिन्छ ।
आ.व०७६-०७७ मा जम्मा ४०.०२ प्रतिशत मुद्दा फर्छौट भएकोमा आ।व।०७७-०७८ मा ४०.४४ प्रतिशत, आ.व०७८र७९ मा ४६.०६ प्रतिशत र आ।व। ०७९-०८० मा १० प्रतिशतले बढेर ४७.६४ प्रतिशत मुद्दा फर्छौट भएको जिल्ला अदालत पर्साको तथ्याँकले देखाउँछ ।
२ वर्ष नाघेका मुद्धा गत वर्षको तुलनामा झन्डै आधाले घटेको छ । गत आ।व।मा ९०८ वटा त्यस्ता मुद्धा रहेकोमा यस आ।व।मा ४४३ वटा २ वर्ष नाघेका मुद्दा छन् । तुलनात्मक रुपमा हेर्दा आ.व०७६-०७७ मा यस्ता मुद्दा जम्मा २५२ वटा रहेपनि त्यस पछिका वर्षमा यो संख्या बढ्दो अवस्थामा रहेको थियो । आ.व०७७-०७८ मा ६६७ वटा, आ।व।०७८-७९ मा ७७९ वटा र आ।व। ०७९-०८० मा ९०८ वटा २ वर्ष नाघेका मुद्दा रहेकोमा यस वर्ष यो संख्या घटेको हो ।
त्यस्तै १८ महिना देखि २ वर्ष भित्रका मुद्दाहरु क्रमशः आ।व।०७६-०७७ मा जम्मा ४७७ वटा, आ.व ०७७र०७८ मा ६७१ वटा, आ।व।०७८र७९ मा ४२६ वटा, आ।व। ०७९र०८० मा ८१२ वटा रहेकोमा आ।व।०८०र०८१ मा त्यो संख्या ४३१ ले घटेर ३८१ वटा मात्रै रहेका छन् ।
पर्सा जिल्ला अदालतको विगत ५ वर्षको तथ्याँक नियाल्दा मुद्दा दर्ताको संख्या बढेको तथा जिम्मेवारीमा सर्ने मुद्दाको संख्या भने घटेको देखिन्छ । सो आर्थिक वर्षमा फर्छौट गर्न नसकिएका मुद्दाहरु अर्को आ।व।को जिम्मेवारीमा सर्ने गर्छ ।
त्यसरी जिम्मेवारीमा सर्दै आएका मुद्दाहरु क्रमशः आ।व।०७६–७७ मा जम्मा ३ हजार २०४ वटा, आ।व।०७७-०७८ मा ४ हजार १२ वटा, आ.व०७८-७९ मा ४ हजार ९६८ वटा, आ.व ०७९र–८० मा ६ हजार ४१५ वटा रहेकोमा त्यो संख्या ४५० ले घटेर आ.व ०८०–०८१ मा ६ हजार ८६५ वटा मात्रै रहेका छन् ।
त्यसैगरि जिल्ला अदालतमा मुद्दा दर्ता हुने क्रम पनि आ.व०८० –८१ मा बढेको तथ्यांकले देखाउछ । गत आ।व।०७६र०७७ मा ३ हजार ४८५ वटा वटा नयाँ मुद्दा दर्ता भएकोमा आ।व।०७७र०७८ मा ४ हजार ३५० वटा, आ.व ०७८-०७९ मा ६ हजार ९२४, आ.व ०७९–०८० मा ५ हजार ६९७ वटा रहेकोमा त्यो संख्या बढेर आ.व ०८०र०८१ मा ७ हजार ३०१ वटा नयाँ मुद्दा दर्ता भएका छन् । यो संख्या गत वर्ष भन्दा ६०४ वटाले बढी हो ।