हाइटी । हाइटीको तटीय क्षेत्रमा आप्रवासी सवार डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु भएको सहायता निकायले जनाएको छ ।
यस हप्ताको सुरुमा हाइटीको तटमा उनीहरू यात्रा गरिरहेको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० ले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै शुक्रबार रिपोर्ट गरेको हो।
८० भन्दा बढी आप्रवासी बोकेर बुधबार हाइटी छोडेको जहाज टर्क्स र काइकोसतर्फ जाँदै गरेको आईओएमले जनाएको छ। बाँचेका ४१ जनालाई हाइटीको कोस्ट गार्डले उद्धार गरेको पनि बताइएको छ ।
एक विज्ञप्तिमा, देशका आईओएमका प्रमुख ग्रेगोइर गुडस्टेनले हाइटीको बढ्दो सुरक्षा सङ्कट र आप्रवासको लागि सुरक्षित र कानुनी मार्गहरूको अभावलाई त्रासदीका लागि दोष दिए।
यस वर्ष ८६,००० भन्दा बढी आप्रवासीहरूलाई छिमेकी देशहरूले जबरजस्ती हाइटीमा फिर्ता गरेका छन्। मार्चमा, हिंसामा वृद्धि भएको र देशभर एयरपोर्टहरू बन्द भए पनि, जबरजस्ती फिर्ताको सङ्ख्या ४६ प्रतिशतले बढेको छ । मार्चमा मात्रै १३ हजार जना जबरजस्ती फिर्ता भएका छन् ।
हालैका हप्ताहरूमा, नयाँ प्रधानमन्त्री ग्यारी कोनिलको नियुक्ति र हाइटीको राष्ट्रिय पुलिसलाई बलियो बनाउन सयौँ विदेशी सेनाको आगमनले सङ्कटलाई सम्बोधन गर्ने नयाँ आशा प्रदान गरेको छ। केन्याको नेतृत्वमा संयुक्त राष्ट्र सुरक्षा परिषद् समर्थित बहुराष्ट्रिय सुरक्षा सहयोग ९एमएसएस० मिसनले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा काम सुरु गरेको छ।