सिन्धुलीमाढी : सिन्धुली जिल्लामा पछिल्लो चार वर्षमा सवारी दुर्घटनाबाट एक सय १५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७७–०७८ देखि ०८०–०८१ सम्म जिल्लाका विभिन्न ठाउँमा पाँच सय ४४ वटा सवारी दुर्घटना हुँदा ती व्यक्तिको मृत्यु भएको हो । त्यस्तै सो अवधिमा एक हजार ५८२ जना सवारी दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार सो अवधिमा सबैभन्दा बढी सवारी चालकको लापरवाहीले सवारी दुर्घटना भएको पाइएको छ । त्यसपछि सवारी साधन, पैदल यात्री, सडकको अवस्था र पशु चौपायाका कारण सवारी दुर्घटना भएको पाइएको छ ।
गत आर्थिक वर्ष ०८०–०८१ मा एक सय ७४ वटा सवारी दुर्घटना हुँदा २५ जनाको मृत्यु हुनुका साथै तीन सय ९३ जना घाइते भएको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
सवारी दुर्घटना गत आर्थिक वर्ष ०७७–०७८ मा दुई सय १९ वटा हुँदा ३६ जना, ०७८–०७९ मा ४६ वटा हुँदा ४५ जना र ०७९–०८० मा एक सय पाँच वटा हुँदा नौ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । त्यस्तै सवारी दुर्घटनाबाट घाइते पनि गत आर्थिक वर्ष ०७७–०७८ मा चार सय ३७ जना, ०७८–०७९ मा पाँच सय ४४ जना, र ०७९–०८० मा दुई सय आठ जना भएका छन् ।
सोही अवधिमा सवारी दुर्घटनासम्बन्धी ८० वटा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
सिन्धुलीमाढी ः सिन्धुली जिल्लामा पछिल्लो चार वर्षमा सवारी दुर्घटनाबाट एक सय १५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७७–०७८ देखि ०८०–०८१ सम्म जिल्लाका विभिन्न ठाउँमा पाँच सय ४४ वटा सवारी दुर्घटना हुँदा ती व्यक्तिको मृत्यु भएको हो । त्यस्तै सो अवधिमा एक हजार ५८२ जना सवारी दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।