काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै विद्युत् जडान भएको हो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले मंगलबार रातीदेखि उक्त उद्योगमा विद्युत् जडान गरेको हो । ‘उद्योगीले पनि बक्यौता रकम तिर्नुपर्छ, प्राधिकरणले पनि लाइन काट्न हुँदैन,’मन्त्री खड्काले भने ।
प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो । रिलायन्स स्पिनिङ्स मिल्सका उपाध्यक्ष महेश पोखरेलले साँझ ९ बजेदेखि लाइन जोडिएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने,‘प्राधिकरणले ९ बजेदेखि लाइन जोडेको छ ।’ यससँगै बुधबारदेखि उद्योग सञ्चालन हुने उनको भनाइ छ ।
यस्तै अर्घाखाँची सिमेन्टका राजेश अग्रवालले मंगलबार साँझ ८ः१५ देखि उद्योगमा लाइन जोडिएको बताए । अग्रवालका अनुसार अर्घाखाँची सिमेन्टको लाइन काटेको १४ दिन भएको थियो । प्राधिकरणले लाइन जोडेसँगै बुधबारदेखि उत्पादनमा लाग्ने अग्रवालले बताए ।
उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगीको लाइन जोडेर बाँकी समस्या वार्ता र छलफलद्वारा समाधान गर्न निर्देशन दिएका थिए ।
लाइन जडान
काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा
प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै विद्युत् जडान भएको हो ।