काठमाडौं । प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’को ‘चिसो बतास’ बोलको गीतलाई २२ जना बालबालिकाले एकसाथ गाएका छन् ।
डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान बालबालिकाको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ । फिल्मको अर्को एउटा गीतमा भने शान्तिश्री परियार र साइराजको स्वर छ ।
चोली तुनामा’ बोलको गीत पनि डिपी खनालले लेखेका हुन् भने संगीत पनि शंकर थापा स्माइलको छ । बाल मनोबिज्ञान तथा बालअधिकारको बिषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको बताए ।
गीत एकदमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङको दावी छ । फिल्मको पहिलो चरणको छायांकन सकिएको छ ।
बाँकी छायांकन केही दिनमै गरिने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दिपिका थापा, सुमनसागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन् ।
मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत प्रस्तुत गरिने फिल्मको स्क्रिप्ट निर्देशक तामाङ आफैले लेखेका हुन् ।