वीरगञ्ज : नेपाली कांग्रेसका जन नायक स्वर्गीय बिपी कोइरालाको ४२ स्मृति दिवसको अवसरमा बिहीबार जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजनागरी सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सम्मान हुनेहरुमा ९१ वर्षीय रामपती बरै, जीतेन्द्र पुरुष ढकाल, खुदी महतो, गौरीशंकर गिरी, जोमादिन् सेख हवारी लगायत रहेका छन ।
नेपाली कांग्रेसका नेता मनोज कुमार महतोको अध्यताक्षमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य श्याम पटेलले जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साथै प्रमुख अतिथि पटेलले स्वर्गीय बिपी कोइरालाले नेपाली राजनीतिमा खेलेको भूमिकाको बारेमा प्रकाश पारेका थिए । उनले स्वर्गीय बिपी कोइरालाले हरेक नेपालीका लागि स्वास्थ्य, शिक्षा, सडक , बास आदि आधारभूत आवश्यकताहरु सहज रुपमा उपलब्ध होस भन्ने चाहेको र आज नेपालको हरेक गाउँमा स्वास्थ्य चौकी, शिक्षा, सडक आदिको विकास पुगिसकेको बताए ।
उनले भने स्वर्गीय बिपी कोइरालाले गरीब , असहाय , पिछडा वर्ग लगायतका जन्ताहरुको लागि सहज रुपमा शिक्षा, स्वास्थ्यका सुविधाहरु सहज रुपमा पुगोस् र आज उनको चाहना अनुसार नै ई सबै सुविधाहरू उपलब्ध भइरहेको बताए । साथै प्रमुख अतिथि पटेलले उनको ४२ औं स्मृति दिवसको अवसरमा यो कार्यक्रमको आयोजना गरेका पार्टीका नेता कार्यकर्ता लगायत आयोजकलाई विशेष धन्यवाद दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ता, वडा नं ११ का उपसभापति जीतेन्द्र कुमार बरै लगायत समाज सेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।