वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ पाँचमा कुमाहालटोलमा रहेको मुनलाइट माविका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरु हेडगल,हेड ब्याइज भ्याइस क्याप्टेनहरुको सपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ । मुनलाइट माविका डाइरेक्टर तथा प्रिन्सिपल श्याम केसीको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिउका वडा नम्बर पाँच का वडा अध्यक्ष प्रदिप चौरसियाको प्रमुख आतिथ्यमा सो ब्याच तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
सपथ ग्रहण तथा ब्याच वितरण समारोहमा वडा अध्यक्ष चौरसियाले आफ्नो वडामा यसबिधालयले धेरै उपलब्धि गरेको बताए । उनले भने विगतका दिनहरु र वर्तमान अवस्थामा पनि उपलब्धि गरिरहेकोमा आफ्नो वडा बाट गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भएको थियो ।
ब्याच वितरण तथा सपथ ग्रहण समारोहमा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सन्तोष रन्जितकार,कन्चनजंग माविका निर्देशक मार्टिन मोक्तान ,पत्रकार अमित अग्रवाल ,समाजसेवी अरुण वस्नेत,शिक्षक पारस बस्नेत ,सुखल प्रसाद चौधरी ,पुज भट्ट ,दिपक बैठा,अशोक चौधरी ,सालु डंगोल , लगायतको उपस्थित रहेको थियो। कक्षा १० का विद्यार्थी निधि पान्डेले स्वागत गीत मार्फत कार्यक्रम गर्नुभएको थियो ।
कक्षा १ देखि कक्षा १० सम्मका हेडगल,हेड ब्यइज ,भ्याइस क्याप्टेन गरि रेड हाउस,ग्रिन हाउस,एलो हाउस,बुलु हाउस गरि चार समुहको रहेको थियो ।भने मार्सपाच प्रथम बुलु हाउस,दोस्रो रेडहाउस र हेडबाइजमा राहुल सहनी र हेडगलमा साक्षी साह भएको बिधालयका डाइरेक्टर शुलभ केसीले जानकारी दिनुभएको छ।