वीरगञ्ज । भारत सरकारले सुन र चाँदीमा लिएको नीतिले घरायसी प्रयोजनका लागि सीमावर्ती भारतीय बजारबाट नेपालीले सुन खरिद गर्ने क्रम बढ्न सक्ने सम्भावना देखिएको छ ।
भारत सरकारले सुन र चाँदीमा आयातमा लाग्ने भन्सार महसुल घटाएका कारण सीमावर्ती भारतीय बजारबाट नेपालीले सुन खरिद गर्ने क्रम बढ्न सक्ने व्यवसायीहरुको पनि आकलन छ । भारत सरकारले सुन र चाँदीको भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेको छ भने नेपाल सरकारले गत जेठ १५ गते सुन आयातमा लाग्ने १५ प्रतिशत भन्सार महसुललाई बढाएको अवस्थाले गर्दा सो सम्भावनाका आधारहरु भएको व्यवसायीहरु बताउँछन् ।
नेपालमा सुन आयात गर्दा हाल २० प्रतिशत र चाँदी आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्ने गर्छ । नेपाल सरकारले सुन आयातमा लाग्ने चन्सार महसुल बढाउँदै सुनका गहनाको मूल्य बढाउने नीति लिंदा भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल घटाउँदै सुन तथा चाँदीका गहनाको मूल्य घटाउने नीति लिएको छ ।
भारत सरकारले सुनकका गहना नेपालभन्दा प्रतिग्राम २५ प्रतिशतसम्म सस्तो हुन सक्ने भएकाले सीमावर्ती बजारबाट सुन खरिद गर्ने क्रममा वृद्धि हुनसक्ने सम्भावना देखिएको हो । भारतमा सुन र चाँदी सस्तो हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्य बताउँछन् । उनका अनुसार हाम्रोमा सुन आयात गर्दा २० प्रतिशत भन्सार महसुल लाग्छ , चाँदीको भन्सार १५ प्रतिशत छ, जुन निक्कै धेरै हो , भारतमा भन्सार महसुल घटेकाले भारबाट सुन र चाँदी तथा त्यसबाट बनाइएका गरगहना अनौपचारिक माध्यमबाट नेपालमा भित्रिने जोखिम छ ।
व्यवसायीहरुले नेपालभन्दा भारतमा सुनको भन्सार महसुल १४ प्रतिशत र चाँदीको भन्सार ९ प्रतिशत सस्तो भएकाले अवैघ व्यापार बढ्ने दाबी गरिरहेका छन् । भारतमा नेपालभन्दा सुन र चाँदीको गहना खरिद गर्दा गुड्स तथा सर्भिस टयाक्स९जीएसटी० समेत १० प्रतिशत कम लाग्ने भएकाले उपभोक्तालाई भारतबाट सुन र चाँदीको गहना खरिद गर्दा नेपाल भन्दा २५ प्रतिशतसम्म सस्तो पर्न सक्ने आकलन छ । नेपालमा हालको कानुनअुसार पुरुषले विदेशबाट २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुन ल्याउन पाउँछन् । जसअनुसार एक पटकमा दुई वटा भारतीय बजारमा गए भने बिनारोक ठोक सहजै १०० ग्राम सुन ल्याउन सक्छन् ।
भारतमा १०० ग्राम सुन खरिद गर्दा नेपालभन्दा २ लाख ५० भन्दा बढी सस्तो हुन्छ । नेपालभन्दा भारतमा लाग्ने ज्याला र जर्ती समेत कम रहेकाले पनि भारतीय बजार फस्टाउने र नेपाली बजारमा प्रतिकूल असर पर्ने सम्भावना छ ।