बारा जिल्ला प्रहरीको घुमुवाहरुले आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ । घुमुवाहरुले आर्थिक आतंक मचाएको व्यपारीहरुले गुनासो गरेका छन्। ईलाका प्रहरी कार्यालय प्रसौनी बाराका घुमुवा भुषन साह तुराहा र शेषनाथ रौनियारले तस्करीको लाईन दिने गरेको समाचार प्रप्त भएको छ । तस्कर र व्यपारीसँग महिनवारी रकम पनि लिने, समान समातेर थप पैसा पनि लिने र अहिले ती तस्कर र व्यपारीसँग अग्रीम महिनवारी मागेर घुमुवाहरुले आर्थिक आतंक मच्चाएका भारतबाट कपडा ल्याउँदै आएका एक व्यपारीले गुनासो गरे।
अपराधको सूचना संकलनका लागि राखिएका घुमुवा प्रहरी प्रसौनीले कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेशराज भट्टको ग्रीन सिग्नलमा तस्करहरुसँग ‘हप्ता असुली’मा लागिपरेका छन् । स्रोतका अनुसार घुमुवा तुराहा र रौनियारले मदिराको विक्री वितरणलाई सहज बनाइदिने आश्वासनमा रकम माग्ने गरेका छन् । स्रोतका अनुसार घुमुवा रौनियारले, “म इन्सपेकटको बडिगाड थिए, मलाइ सरले नै खटाउनु भएको छ । मैले जे भन्छु तेहि गर्नु हुन्छ सर । रक्सी भट्ठी चलाउनु छ भने महिनवारी रकम बुझाउनु पर्छ,, । प्रसैनि र तिर्बेनीमा दर्जानो रक्सी भट्ठी संचालनमा रहेको छ । सबै रक्सी भट्ठीसगं घुमुवा तुराहा र रौनियारले हप्ता असुली गर्ने गरेको एक रक्सी भट्ठी संचालकले बताए । यता ग्रामीण नाकाबाट ती घुमुवाहरुकै मिलोमतोमा तस्करी फस्टाएको छ ।
नेपाल भारत सिमा क्षेत्रमा भन्सार छली चोरी निकासी पैठारी नियन्त्रण गर्न परिचालन गरिएको घुमुवाकोे मिलोमतोमा तस्करहरुले भारतबाट बिभिन्न नाकाबाट तस्करीको कार्य तिब्र पारेका छन्।
प्रहरीको सहयोगमा भारतबाट भंसार छली गरेर किराना, कस्मेटिक, लता कपडा, चिनी, मेसनरी पार्ट पुर्जा लगायतका समानहरु तस्करी गरि नेपालमा भित्र्यिाउने गरेको छ ।
घुमुवा प्रहरीको ग्रीन सिग्रल पाए पश्चात् त तस्करहरु तस्करीको कार्यको तिब्रता दिने गरेका स्रोतले जनाएको छ ।
मुसहर्वा र बलिरामपुरबाट दैनिक रुपमा लाखौंको राजस्व ब्रम्हलुट हुने गरि प्रहरीकै संलग्नतामा तस्करीको लाइन खुला गरिएको समाचार प्रकाशमा आएको छ ।
यस बारेमा ईलाका प्रहरी कार्यालय प्रसौनी का प्रमुख प्रहरी निरीक्षक सुरेशराज भट्टको अबैध कारोबार नचलेको दाबी गरे । घुमुवा प्रहरीले आर्थिक अबैध कारोबार नरहेको र पाईएकोमा कारवाही गर्ने बताए ।