गुडबिल लोकसेवा ईन्स्टीयूच्टको समुदघाटन आज सम्पन्न भएको छ। संस्थाका प्रमुख प्रशिक्षक एवंम ब्यवस्थापक शंकर कुमार ठाकुरले आज पुजापाठ गरि समुदघाटन गरेका हुन।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ पानीटंकी स्थित संचालनमा आएको गुडबिल लोकसेवा ईन्स्टीयूच्टमा लेखकको रुपमा प्राण मेहता, दिपक पटेल, सुर्यकान्थ झा, बाल कुमार यादव, राकेश ठाकुर, जिकेमा दिनदयाल कुशवाहा, चंदन ठाकुर, आईक्युमा शंकर ठाकुर, अंग्रेजीको लागि नागेश्वर गुप्ता, गणितको लागि मनोज यादव र बिज्ञानको लागि रमेश कुमार मंडल लगायतको अनुभबि शिक्षकहरुको टिम रहेको संस्थाले जनाएको छ। भने ईन्स्टीयूच्टमा निजामती सेवा, शिक्षक सेवा, बैंकिङ सेवा, संस्थानहरु लगायत स्वास्थ्य सेवाको तयारी गराउने समेत जानकारी दिएको हो।
गुडबिल लोकसेवा ईन्स्टीयूच्टमा फरक ढंगले कक्षा संचालन गरि अध्यापन गराउनुे उदेश्य रहेको संस्थाका प्रमुख प्रशिक्षक ठाकुरले बताएका छन। उनले पर्सा जिल्लामा थुप्रै लोकसेवा ईन्स्टीयूच्ट रहेको बताउदै आफु फरक ढंगले कक्षा संचालन गरि बिधार्थीहरुलाई सजिलै तरिकाले लोकसेवाको तयारी गराउने बताएका छन।
संस्थाका व्यवस्थापक समेत रहेका ठाकुरले गुडबिल लोकसेवा ईन्स्टीयूच्टमा सुलभ दर र ब्यवस्थित बातावरण भएको हुनाले बिधार्थीहरुलाई अध्ययन गर्न कुनै किसिमको कठिनाई नहुने समेत जानकारी दिएका छन।
सो अवसरमा गुडबिल लोकसेवा ईन्स्टीयूच्टका शिक्षक लगायत बिधार्थीहरुको उपस्थिति रहेको थियो।