लिएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलसाका स्थानीयले चयनको सास फेरेका छन्।
बुधबार साँझ ५ बजे वस्ती नजिकैको उखुबारीमा पाटेबाघ देखिएपछि गाउँभरि त्रास फैलिएको थियो। तीन दिनपछि शुक्रबार बिहान शुक्लाफाँटा निकुञ्जको टोलीले डार्ट गरेर पाटेबाघ नियन्त्रणमा लिएपछि भने त्रासदीको माहोल केही साम्य बन्यो।
यद्यपि बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरादेवी शाहको मृत्यु भएपछि गाउँ भने शोकमा छ।
बुधबार साँझ उखुबारीमा पाटेबाघ देखेपछि स्थानीयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए। खबरलगत्तै शुक्लाफाँटाको बाघ उद्धार टोलीले कमलसा गाउँ पुग्यो। प्रहरी, जनप्रतिनिधि र स्थानीय पनि बाघको खोजी गर्न जुट्यो। उद्धार टोलीले ड्रोनबाट पनि हेर्यो तर बाघ देखिएन।
बाघ नभेट्टिएपछि स्थानीयलाई सतर्क रहन भन्दै टोली फर्किएको थियो, भोलिपल्ट (बिहीबार) त बाघले मान्छे नै मार्यो।
बुधबार नभेटिएको बाघ बिहीबार बिहान खेतमा देखापर्यो। स्थानीयले तत्काल शुक्लाफाँटकै टोलीलाई खबर गर्यो। तर टोली पुगेको केही बेरमै बाघले हिरादेवीलाई आक्रमण गरिसकेछ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज ऐरका अनुसार टोली पुगेको १५ मिनेटपछि हिरादेवी मृत भेटिएकी थिइन्।
ुखेतको एक कुनामा हामी थियौं, अर्को कुनामा घाँस काटिरहेकी ती महिलालाई बाघले आक्रमण गर्न पुगेछ,’ सूचना अधिकारी ऐरले भने, हामी त्यहाँ पुग्दा महिलाको मृत्यु भइसकेको थियो।
हिरादेवीमाथि आक्रमण भएको स्थान वरपर निकुञ्जको टोली, प्रहरी र स्थानीयले धुँइपत्ताल खोजे तर बाघको सुइँको पाइएन। ड्रोनसँगै हात्ती लगाएर पनि बाघ खोजियो।
साँझ ५ बजेसम्म खोज्दा पनि भेटिएन, सूचना अधिकारी ऐरले भने।
शुक्रबार बिहान ५ बजेदेखि नै बाघको खोजी सुरू गरिएको थियो। त्यसअघि गएराति नै बाघ आउने सम्भावित स्थानमा स्थानीयले भैँसीको पाडो लगेर बाँधिदिए र शुक्रबार बिहानैदेखि खोजी सुरू भयो।
ुपाडो बाँधिएको १५ मिनेटमै बाघले खाएछ। बिहानदेखि पाँच वटा हात्ती प्रयोग गरी राँगो बाँधिएको क्षेत्रमा चारैतिरबाट घेर्यौं, सूचना अधिकारी ऐरले भने।
टोलीले बिहान साढे ९–३५ बजे हात्तीसहितको टोलीले बाघलाई घेरेर डार्ट हानेको थियो। डार्ट हानेर नियन्त्रणमा लिएपछि बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुर्याइएको सचना अधिकारी ऐरले जानकारी दिए।
ऐरका अनुसार भारतको पिलिभित क्षेत्रको उखुबारीमा बस्ने बाघमध्ये यो पनि एक हो।
यो बाघ सो ठाउँबाट जोगबुढाको बाटो हुँदै दोधारा चाँदनीमा पुगेको हो। यहि बाघले केही दिनअघि पिलिभितमा दुई स्थानमा आक्रमण गरेको थियो।
ऐरका अनुसार यो वयस्क भाले बाघ हो। यसको उमेर १२ देखि १४ वर्षको उमेर समूहमा पर्छ।
नियन्त्रणमा लिएको बाघको स्वास्थ्य परीक्षण गरिएको स्वस्थ नै रहेको देखिएको छ। अहिले राष्ट्रिय निकुञ्जको टोलीको निगरानीमा शुक्लाफाँटामै बाघ राखिएको छ, उनले भने।
शुक्लाफाँटा राष्टिय निकुञ्जका अनुसार कञ्चनपुरमा तीन वर्षमा बाघको आक्रमणमा परेर तीन महिलाको ज्यान गएको बताइएको छ।