वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० आदर्श नगर स्थित रहेको (एसटिएफ) प्रहरी चौकीले जनतालाई सुरक्षा दिनुको सट्टा आर्थिक चलखेलमा ब्यस्त रहेको समाचार प्राप्त भएको छ ।
जनतालाई सुरक्षा दिने उदेश्यले त्यो ठाउँमा प्रहरी पोस्ट राखिएको हुदाँ पनि सो चौकीका ईन्चार्जहरु नै आर्थिक चलखेलमा ब्यस्त रहेको समाचार प्राप्त भएको हो ।
आदर्श नगरका जनताले सो प्रहरी चौकीबाट सुरक्षाको अनुभुति पाउनुको सट्टा ब्यापारीहरु संग साठगाट गरि गैरकानूनी कारोबार तथा अवैद तस्करीको काम भईरहेको बताउछन ।आदर्श नगर एरीयालाई मुख्य ब्यपारिहरु कै ठाउँ भनेर चिनिने गरिन्छ । त्यहाँ भएको ब्यपारीहरुको बसाईले गर्दा यो प्रहरी चौकीमा आउने ईन्चार्जहरु आर्थिक चलखेलमानै ब्यस्त रहेको प्रत्यक्षदर्शिहरु बताउछन ।
आदर्श नगरमा उधोगीहरुको औषधी, स्टिल, चक्लेट लगायतको कम्पनि र बिभिन्न ट्रान्सपोर्टहरुको मालिकहरुसंग बिभिन्न बहाना देखाएर दिनहुँ आर्थिक नजराना उठाउदै गरेको नाम नबताउने शर्तमा एक जना ब्यपारीले बताएका छन ।
आदर्श नगरका (एसटिएफ) प्रहरी चौकीको ईन्चार्जको जिम्मेवारी पाएका सहायक प्रहरी निरिक्षक रोशन कार्कीले पनि अहिले सो एरियामा आर्थिक अपचलन गरेर निकै रजगज बनाएको स्रोतले जनाएको छ ।
कार्कीले सो ठाउँको ईन्चार्जको जिम्मेवारी पाएको दिन देखि नै नेपाल प्रहरीले गरिने काम सशस्त्र प्रहरीले बारम्बार गर्दै आएको कुराले पनि अहिले त्यहाँ आर्थिक अपचलन बढेको पुष्टि हुन्छ ।
कार्की यस भन्दा पहिला तस्करहरुको मुख्य नाकाको रुपमा रहेको अमरपट्टी प्रहरी चौकीको ईन्चार्ज बसेका थिए, सो ठाउँमा पनि उनि तस्करहरु संगको सेटिंगमा निकै चर्चित रहेका छन । अमरपट्टी नाकाबाट अवैध करोबार गर्ने कारोवरीहरुबाट आर्थिक नजराना समेत बुझेर कार्कीले अकुत रकम कुम्लयाउन सफल भएको समाचार स्रोतको दावी छ ।
यस्ता गतिबिधिमा चर्चित बनेका प्रहरी सहायक निरिक्षक कार्की ग्रामीण क्षेत्रबाट जिल्लामा आउने बितिकै आदर्श नगरका (एसटिएफ) प्रहरी चौकीको ईन्चार्जको जिम्मेवारी पाउनु भएका उनि प्रहरी संगठनलाई गुमराहमा पारि आर्थिक नजराना टक्टकाएर नगर क्षेत्रमा रहेका चौकीहरुमा जाने अवसर उनले पाएको देखिन्छ ।
ब्यपारीहरुको अहिले मुख्य माध्यम बनेको ट्रान्सपोर्टहरुबाट कार्कीले परिचालन गरेका प्रहरी हवल्दार देवदथ कुशवाहालाई आफ्नो दुतको रुपमा घुमुवा परिचालन गरि प्रत्येक ट्रान्सपोर्टबाट गाडी पास गराउन, बिल विजक मिलाउन र ओभर लोडिङ्ग जस्ता बहानामा एउटा ट्रक वापत ५ हजार देखि ३० हजार सम्मको आर्थिक नजराना बुझिरहेको नाम नबताउने शर्तमा एक जना ट्रान्सपोर्ट एसोसिएसनका ब्यक्तिले जानकारी दिएका छन ।
कार्कीले दिनमा ब्यपारीहरुबाट सेटिंग गर्नु र राति रातिमा श्रीसिया पुल लगायतको बिभिन्न ठाउँहरुमा सवारी चेकिङको नाममा आम सर्व सधारणहरुलाई सास्ती दिएर ढोगं रचाईरहेको सो एरियाका स्थानियहरु बताउछन ।