कुर्मी सशक्तीकरण मञ्च पर्साको बैठक आज सम्पन्न भएको छ । बैठक मञ्चका अध्यक्ष दिपक पटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकले बिभिन्न बिषय माथि छलफल गर्दैंं २०८० सालको (एसईई) परिक्षामा उत्तिर्ण भएका पर्सा जिल्लाका स्वजातिय छात्र, छात्राहरुलाई यहि भदौं २९ गते सम्मानित गरिने मञ्चका कोषाध्यक्ष राजेश प्रसाद कुर्मीले जानकारी दिए । उनले बिधार्थीहरुलाई प्रोतसाहन स्वरुप यो कार्यक्रको आयोजना गरिएको बताएका छन ।
बिगतको चार वर्ष देखी बंद रहेको सम्मान कार्यक्रमलाई यस वर्ष देखी पुनः निरन्त्रता दिएको मञ्चका प्रवक्ता अनिल पटेलले बताएका छन ।
बैठकमा मञ्चका अध्यक्ष पटेलले २०८० सालको (एसईई) परिक्षामा पहिलो स्थान हाशिल गदैं पर्सा जिल्लामा टंप गरी सिंगो कुर्मी समुदायलाई गौरवान्वित बनाएकी स्वजातीय छात्रा आँचल कुमारी पटेललाई धन्यवाद दिदैं मञ्चको तर्फबाट उज्जवल भबिष्यको शुभकामना ब्यक्त गरेका थिए । उनले भदौं २० गते सम्म (एसईई)उत्तिर्ण भएका प्रमाण पत्र मञ्चलाई बुझाउन सम्पुर्ण स्वजातीय बिधार्थीहरुमा आग्रह गरेका छन ।
बैठकबाट मञ्चले आयोजना गरेको यस सम्मान कार्यक्रलाई भब्यताका साथ सम्पन्न गराउन प्रचार प्रसार तथा अन्य कार्यको लागी सबैलाई अ आफ्नो ठाँउबाट लाग्न अध्यक्ष पटेलले आग्रह समेत गरेका हुन ।
वीरगञ्ज मुर्ली स्थित होटेल एभरिडेको सभाहलमा सम्पन्न बैठकमा कुर्मी सशक्तीकरण मंञ्च पर्साका ईन्चार्ज धर्मेन्द्र पटेल, पूर्व अध्यक्ष संजय पटेल, बिशेस्वर पटेल, वरिष्ठ उपाध्यक्ष खेमराज कुर्मी, बिनोद पटेल, उपाध्यक्ष पन्नालाल प्रसाद कुर्मी, सदस्य नरेश पटेल, दिलीप पटेल, कन्हैया पटेल, रामप्रसाद कुर्मी, गोबिंद प्रसाद कुर्मी, राजेश पटेल, रंजित पटेल, संतोष पटेल लगायतको उपस्थिती रहेको मञ्चका सचिव देव प्रकाश पटेलले जानकारी दिए ।