काठमाडौं– नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारण सभाबाट नयाँ कार्यसमिती चयन भएको छ । उक्त साधारण सभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघु नन्दन मारु चयन भएका छन् भने उपाध्यक्षमा डा। ताराप्रसाद पोखरेल तथा विकास दुगड चयन भएका छन् ।
शनिवार काठमाडौंमा सम्पन्न साधारण सभाबाट संघको महासचिवमा राजाराम खड्का तथा कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ, जसको सदस्यहरुमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग तथा अनिल रुगंटा सर्वसम्मत चयन भएका छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् ।
यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उद्योगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले चुन ढुङ्गा उत्खनन र विद्युत बैकिङ् लगायतका समस्या समाघानका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।